
शनिवार , पौष २४, २०७८
भैरहवा, २४ पुस ।
लायन्स क्लब अफ भैरहवा डाइनामिक टिचर्सले दैनिक उपभोग्य सामग्री तथा नगद सहयोग गरेको छ । लायन्सका संस्थापक मेल्भिन जोन्सको १४३ औं जन्मोत्सवको अवसर पारेर क्लबले सहयोग गरेको हो ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ मा बस्ने ८८ वर्षिय नन्दलाल बढई र उनको श्रीमती ६३ वर्षिय मोती बढईलाई दैनिक उपभोग्य सामग्री तथा नगद हस्तान्तरण गरिएको क्लबका वर्ष २०२१/२२ का अध्यक्ष बिना भण्डारी पाठकले बताइन् । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत शुक्रबार उक्त कार्यक्रम गरिएको उनले बताइन् ।
‘अतिविपन्न परिवारलाई केही भए पनि राहत होस् भन्ने उद्देश्यले क्लबले एउटा प्रयास गरेको हो, यो दम्पत्तीलाई अन्य संघ–संस्थाको समेत आवश्यकता छ, ’उनले भनिन् ।
क्लबका अध्यक्ष बिना भण्डारी पाठकको अध्यक्षता तथा सह–सचिव संगिता पछाईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij