
शनिवार , पौष २४, २०७८
भैरहवा, २४ पुस ।
नेपाल स्वयंसेवी रक्तदाता समाज ओमसतिया शाखा, रुपन्देहीको आयोजनामा शुद्धोधन गाउँपालिका–६ स्थित मेहनावलमा शुक्रबार विशेष रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
स्व. राजेन्द्र प्रसाद पाठकको प्रथम वार्षिक स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा ४७ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक हरि प्रसाद ज्ञवालीले बताए ।
कार्यक्रमको अन्नपूर्ण पाठक, उमा शंकर पाठक, रमा शंकर पाठक, जय शंकर पाठक र सुरज उपाध्यायले प्रायोेजन गरेको आयोजकले जनाएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij