२०८२, श्रावण २० गते

Aug 05 2025 | २०८२, श्रावण २० गते

एकै दिन थपिए ९६८ जना कोरोना संक्रमित

शुक्रवार , पौष २३, २०७८

भैरहवा । नेपालमा शुक्रबार ९ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएका ८ हजार २ सय ७२ पिसिआर परिक्षणका क्रममा ५ सय ७२ जना र ६ हजार ६ सय ९९ एन्टीजेन परिक्षणका क्रममा ३ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख २७ हजार ८ सय ९३ पुगेको छ । गत २४ घण्टामा कोरोनका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा हालसम्म ११ हजार ६ सय २ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै थप २ सय ६२ जना निको भएका छन् । हालसम्म नेपालमा ८ लाख १३ हजार ७ सय ९ जना निको भएका छन् । हाल ५ हजार ७ सय ४१ सक्रिय संक्रमित आइशोलेशन र ११३ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य तथा जनसंख्या  मन्त्रलयले जनाएको छ ।