२०८२, मंसिर ११ गते

Nov 27 2025 | २०८२, मंसिर ११ गते

नारायणहिटी परिसरभित्र बन्न लागेको रेष्टुरेन्ट हटाएरै छाड्छु: मन्त्री आले (भिडिओ)

बिहिवार , पौष २२, २०७८

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार संग्रहालय परिसरभित्र व्यापारिक हिसावले बनाइएको संरचना हटाएरै छाड्ने बताएका छन् । 

    प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार निजगढ बिमानस्थलका बिषयमा बसेको सर्वदलिय बैठकपछि सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री ओलीले नारायणहिटी दरबार संग्रहालयको संरक्षणका लागि मन्त्रीस्तरिय वा मन्त्रीपरिषदबाट निर्णय गरेर संरचना हटाएरै छाड्ने बताएका हुन् । उनले एकपटकका लागि नभएर सदा सदाका लागि संग्रहालय परिसरभित्र कुनै व्यापारिक संरचना राख्न नदिने स्पष्ट पारे ।

    निजगढ बिमानस्थल निर्माणलाई अघि बढाउन प्रधानमन्त्री लगाएत सवै दल सहमत भएको उनले जानकारी दिए । काठमाडौं बिमानस्थलको बिकल्पको रुपमा निजगढ अन्तराष्ट्रिय बिमानस्थल बन्ने भन्दै उनले आठ हजार ५० हेक्टर जमिन बिमानस्थलको नाममा आइसकेको जानकारी दिए ।

    मन्त्री आलेले बिमानस्थल नजिकको नदि संरक्षणका साथै टाङ्गीया वस्ती स्थानान्तरण गरिने बताए । 

    उनले बिमानस्थललाई अघि बढाउनका लािग बिभिन्न मोडलमा छलफल भइरहेको जानकारी गराए । बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राज कुमार क्षेत्रीले निजगढ अन्तराष्ट्रिय बिमानस्थलको सम्भाव्य योजनाका बारेमा जानकारी गराएका थिए ।