२०८२, श्रावण २० गते

Aug 05 2025 | २०८२, श्रावण २० गते

त्रिवेणीमा आधारभूत स्वास्थ्य केन्द्र भवन 

बिहिवार , पौष २२, २०७८

त्रिवेणी, २२ पुस ।
पुर्वी नवलपरासी विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ६ स्थित त्रिवेणीमा आधारभूत स्वास्थ्य केन्द्रको भवन उद्घाटन तथा ल्याब सञ्चालन कार्य त्रिवेणी धाममा शुभारम्भ भएको छ ।

विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष पृतम बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष डम्बरबहादुर जि.सी.ले स्वास्थ्यको पहुँचबाट टाढा रहेका नागरिकलाई आधारभुत स्वास्थ्य केन्द्रबाट भरपर्दो र विश्वसनीय ढंगबाट स्वास्थ्य सेवा प्रदान गरिने बताए । उनले आगामी दिनमा त्रिवेणी स्वास्थ्य केन्द्रमा एम.बी.बी.एस. तहको चिकित्सकको प्रबन्ध मिलाइने कार्यमा गाउँपालिका प्रतिबद्ध रहने धारणा राखे ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मिना राना, स्वास्थ्य सेवा प्रमुख ध्रुवराज काफ्ले, वडा सदस्य सफला नेपाल, स्वास्थ्यकर्मी रघुनाथ भट्टराई लगायतले स्वास्थ्य गतिविधिबारे प्रकाश पारेका थिए । आधारभुत  स्वास्थ्य केन्द्रमा ३ कोठा रहेको छ भने दैनिक २ सय बिरामी लाभान्वित रहने गाउँपालिकाले जनाएको छ ।