२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

कोटिहवामा ट्रकको ठक्करबाट तिलोत्तमा १७ का चौधरीको मृत्यु, एक गंभिर घाईते

बुधवार , पौष २१, २०७८

भैरहवा। रुपन्देहीको कोटिहवामा ट्रकको ठक्करबाट एकजनाको ज्यान गएको छ।

बुटवलबाट  भैरहवातर्फ जादै गरेको ना ४ ख ८९४० नम्बरको ट्रकले लु ७० प २४४० नम्बरको मोटसाईकललाई ठक्कर दिदा एक जनाको घटनास्थलमै मृत्यु भएको र एक जना गंभिर घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। 

ट्रकको ठक्करबाट मोटरसाईकल चालक तिलोत्तमा नगरपालिका १७ जुवानीका २५ बर्षिय राधेश्याम चौधरीको घटना स्थलमै मृत्यु भएको र मोटरसाईकल पछाडि सवार नवलपरासी बर्दघाटका मानबहादुर चौधरी गंभिर घाईते रहेको प्रहरीले जनाएको छ। 

बुटवलबाट भैरहवा तर्फ जादै गरेको मोटरसाईकल कोटिहवा चोकबाट बाटो काट्ने बेलामा ट्रकले ठक्कर दिएको स्थानिले बताएका छन्। घटना राती पाैने ९ बजेकाे हाे।

मोटरसाईकललाई ठक्कर दिएर भागेको ट्रकलाई प्रहरीले पड्सरीबाट नियन्त्रणमा लिएको ट्राफिक प्रहरी निरिक्षक केशव के.सीले जानकारी दिए। गंभिर घाईते चौधरीको मणिग्राम स्थित क्रिमसन अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ।