मंगलवार , पौष २०, २०७८
चन्द्रौटा, २० पुस ।
कपिलवस्तुमा ट्रयाक्टर पल्टिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्लाको बुद्धभूमि नगरपालिका–३ रनगाईमा लु ४ त २४०२ नम्बरको ट्रयाक्टर मंगलबार बिहान दुर्घटना भएको थियो ।
बालुवा लोड गर्न मजदुर लिएर हिँडेको ट्रयाक्टर सडकदेखि करिब २० मिटर खसेको थियो । मृत्यु हुनेमा स्थानीयवासी ४८ वर्षीया शिवकुमारी थारू र १६ वर्षीया फूलकुमारी थारू रहेको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जनाएको छ ।
यसैगरी घाइते हुनेमा बलराम सुनार, कृष्ण विक, सरिता थारू र सीमा थारू रहेका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
तीव्र गतिका कारण ट्रयाक्टर दुर्घटना भएको हुनसक्ने इलाका प्रहरी कार्यालय गोरुसिङ्गे प्रहरी निरीक्षक लीलाराम आचार्यले बताए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij