२०८२, मंसिर ११ गते

Nov 27 2025 | २०८२, मंसिर ११ गते

दाङमा २५ हजार मतदाता थपिए

सोमवार , पौष १९, २०७८

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • दाङ, १९ पुस ।
    फोटोसहितको मतदाता नामावली संकलन गर्ने क्रममा दाङमा  २५  हजार ५ सय मतदाता थपिएका छन् । पहिलो चरणअन्तर्गत बंगलाचुली, बबई, शान्तिनगर र दङ्गिशरणमा गत मंसिर १७ देखि यही पुस २ गतेसम्म गाउँपालिकाको कार्यालयबाटै नामावली संकलन गरिएको निर्वाचन कार्यालय प्रमुख निमराज भट्टराइले जानकारी दिए ।

    पालिकाका प्रत्येक वडामा फरक फरक समयमा पालैपालो मतदाता नामावली कलन गरिएको थियो । दोस्रो चरणको मतदाता नामावली संकलन पुस ४ देखि पुस १८ गतेसम्म राप्ती, राजपुर र गढवा गाउँपालिकामा गरिएको उनले बताए । घोराहीको प्रदेश निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, लमही र तुलसीपुरको इलाका प्रशासन कार्यालयबाट फोटोसहितकोे मतदाता नामावली संकलन भइरहेको छ । 

    बसाइँसराइ र विवाह दर्ताको प्रमाणपत्रका आधारमा पनि मतदाता नामावली सङ्कलन हुने भट्टराईले जानकारी दिए । उनका अनुसार दैनिक ५ सयदेखि ९ सयसम्मको नाम दर्ता हुँदै आएको छ । विशेष अभियान सुरु हुनुुपूूर्व दाङमा ३ लाख ७७ हजार ५ मतदाताले आफ्नो नाम दर्ता गराएका थिए । पछिल्लो समय थप भएका २५ हजार ५ सयसहित चार लाख तीन हजार मतदाता संख्या पुुगेको छ । नामावली दर्ता गर्न छुटेका, १६ वर्ष उमेर पूरा भई नागरिकता प्राप्त गरेका सबैलाई नामावली दर्ता गर्न प्रमुख भट्टराईले आग्रह गरेका छन् । रासस