२०८२, कार्तिक २४ गते

Nov 10 2025 | २०८२, कार्तिक २४ गते

पाँच दलीय गठबन्धनका कारण मुलुक अप्ठेरो अवस्थामा पुग्यो : केपी ओली

सोमवार , पौष १९, २०७८

  • 3.3K
    Shares
  • 3.3K
    Shares
  • काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनका कारण मुलुक अप्ठेरो अवस्थामा पुगेको आरोप लगाएका छन् । 

    नेपाल जनसांस्कृतिक महासंघको ३५औं स्थापना दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनको सरकार बनेपछि मुलुकमा बिकास योजना अवरुद्ध भएको बैंकहरु रित्तिएको र राज्यको ढुकुटीमा समस्या आएका बताए। 

    अध्यक्ष ओलीले मुलुकमा एमाले नेतृत्वको सरकारले विकास र समृद्धिको लहर ल्याएकाले नियोजित ढंगले आफुलाई सरकारबाट हटाइएको तर्क गरे ।

    कार्यक्रममा अध्यक्ष ओलीले ६४ प्रतिशत मत भएको कम्युनिष्ट सरकार ढालेर विपक्षीको सरकार बनाउने माओवादीले समाजवादको कुरा गर्न नसुहाउने धारणा राखे । माओवादी महाधिवेशनमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन झुटको पुस्तक भएको उनले टिप्पणी गरे । उनले गठबन्धनको साझा कार्यक्रमको कुनै अर्थ नभएको बताए । आफुलाई वामपन्थी नभएर रामपन्थी भनेको प्रति ओलीले नेकपाबाट छुट्टिएका केहि व्यक्तिले मार्क्सवाद नै नबुझेको उल्लेख गरे ।

    उनले मुलुकमा देखिएको बिविध समस्यालाई सास्कृतिक चेतनाद्वारा उजागर गर्नुपर्ने बताए ।