
सोमवार , पौष १९, २०७८
भैरहवा, १९ पुस ।
रुपन्देही प्रहरीले अवैध लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवल र प्रहरी चौकी खैरेनीले दुई छुट्टाछुट्टै स्थानबाट उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) नवरत्न पौडेलले बताए ।
प्रहरी चौकी खैरेनीबाट खटिएको संयुक्त प्रहरी टोलीले आइतबार देवदह नगरपालिका–२ ढेकार श्री चोकबाट ओमसतिया–६ का ३७ वर्षिय बर्मानन्ध धरिकारसहित दुई युवालाई नियन्त्रणमा लिएको छ । लु ५५ प २२०५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई खानतलासी गर्दा २१ पुरियामा ब्राउन सुगर, १८ हजार ५ सय नगद र ४ थान मोबाइल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
त्यस्तै इलाका प्रहरी कार्यालय बुटवलको टोलीले बुटवल उपमहानगरपालिका–९ ईट्टाभट्टीबाट दुई युवालाई लागुऔषधसहित नियन्त्रणमा लिएको छ । कास्कीको पोखरा महानगरपालिका–१३ का २४ वर्षिय सरण गुरुङ र सोही स्थानका १९ वर्षिय युगेन गुरुङलाई लागुऔषधसहित नियन्त्रणमा लिइएको रुपन्देही प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूको साथबाट डाईजेपाम ४५ एम्पुल, नुफिन ४५ एम्पुल, फेनारागन ४५ एम्पुल र विभिन्न किसिमका मोबाइल मोबाइल २ थान बरामद गरेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij