
सोमवार , पौष १९, २०७८
बुटवल, १९ पुस ।
रोटरी क्लब अफ बुटवल डाउनटाउनले विपन्न विद्यार्थीहरुलाई न्यानो कपडा (स्वीटर) वितरण गरेको छ । एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिका वडा नम्बर. १७ स्थित श्री जनशक्ति नमुना भिमप्रसाद गोमाता न्यौपाने प्राविमा अध्ययनरत अतिविपन्न परिवारका २ सय ६१ जना विद्यार्थीहरुलाई वितरण गरिएको हो ।
रोटरी इन्टरनेशनल ३२९२ का डिष्ट्रिक गभर्नर नोमिनी राजेन्द्र ध्वजु, जोन २३ का एसिस्टेन्ट गर्भनर डा. नारायण पन्थ, क्लबका अध्यक्ष जबिन कक्षपतिले विद्यालयका प्रधानाध्यापक कल्पना भण्डारीलाई हस्तान्तरण गरेका थिए ।
जाडो बढेसंगै न्यानो कपडाको कमीले गर्दा बिद्यालयमा विद्यार्थीहरु कमी भएको जानकारी आएसंगै क्लबका पूर्वअध्यक्ष मान बहादुर वि.क.को पहल र क्लबका सदस्यहरुसंग ९० हजार रुपैयाँ बराबरको सहयोग रकम जुटाएर स्वीटर वितरण गरिएको क्लबका अध्यक्ष जबिन कक्षपतिले बताए ।
कार्यक्रममा क्लबका पुर्बअध्यक्ष मान बहादुर वि.क., पूर्वअध्यक्ष जीवन प्रसाद अधिकारी, बोर्ड सदस्य दिनेश अग्रवाल, रोट्रयाक्ट क्लब अफ बुटवल रामापिथेकसका अध्यक्ष विजय कार्कीले सामाजिक सेवाको भावना अनुसार निरन्तर सहयोगमा लागेको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij