२०८२, पौष २९ गते

Jan 13 2026 | २०८२, पौष २९ गते

उपसमिति बैठक भेटघाट तथा छलफल

आइतवार , पौष १८, २०७८

  • 3.1K
    Shares
  • 3.1K
    Shares
  • भैरहवा, १८ पुस ।
    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही अन्तर्गत स्वास्थ्य, वातावरण तथा सरसफाई व्यवस्थापन उपसमितिको आयोजनामा आइतबार औषधी व्यवसायीहरुसंग छलफल कार्यक्रम भएको छ ।

    संघका कार्यसमिति सदस्य तथा स्वास्थ्य, वातावरण तथा सरसफाई व्यवस्थापन उपसमितिका संयोजक गोपाल भण्डारीको अध्यक्षतामा भएको बैठकमा औषधी फिर्ता, औषधीजन्य फोहर व्यवस्थापन, पेशागत मर्यादा, स्वास्थ्य बीमा, व्यवसायीलाई लेखासम्बन्धी तालिम, सरकारको अनुगमन लगायतको बारेमा छलफल भएको थियो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष भीष्म प्रसाद न्यौपानेले संघ विभिन्न उपसमिति गठन गरेर संघ अगाडी बढेको बताए ।

    संघका महासचिव विजय पाण्डेको सञ्चालनमा सम्पन्न कार्यक्रममा नेपाल औषधी व्यवसायी संघ रुपन्देहीका कोषाध्यक्ष कृष्ण प्रसाद भट्टराई, डा. ऋषिराम शर्मा, विजयनाथ चौधरी लगायतले बोलेका थिए ।