२०८२, कार्तिक २३ गते

Nov 09 2025 | २०८२, कार्तिक २३ गते

भैरहवामा सुन्दर काण्ड पाठ भजनोत्सव 

आइतवार , पौष १८, २०७८

  • 4.2K
    Shares
  • 4.2K
    Shares
  • भैरहवा, १८ पुस ।

    श्री बालाजी भक्तिमय परिवार सिद्धार्थनगर, रुपन्देहीको आयोजनामा शनिबार भैरहवामा सुन्दर काण्ड पाठ भजनोत्सव तथा जागरण कार्यक्रम सम्पन्न भएको छ ।  

    सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ स्थित गल्लामण्डी (दयापथ)मा उक्त कार्यक्रम भएको हो । कार्यक्रमको गुरु कन्हैयालालले उद्घाटन गरेका थिए ।

    कार्यक्रम अन्तर्गत सुन्दर काण्ड पाठ, झाँकी (जागरण), आरती, प्रसाद वितरण तथा भण्डारा भएको कार्यक्रम संयोजक पवन वर्नवालले बताए ।

    IMG20220101144110.jpg

    कार्यक्रममा भजन गायक सन्नी सांवरिया, प्रमोद चंचल, झाँकी ग्रुपका अनिल बजरंगी, संगीतकार इरफान हाशमीको प्रस्तुती रहेको कार्यक्रम आयोजक समितिका सचिव श्रीराम गुप्ताले बताए । 

    कार्यक्रम सफल बनाउन सहयोग गर्ने व्यक्तित्वहरुलाई सम्मान गरिएको आयोजक समितिका सदस्य महेश गुप्ताले बताए ।