२०८२, श्रावण ३ गते

Jul 19 2025 | २०८२, श्रावण ३ गते

शव बोकेको बस दुर्घटना अपडेट : ५ जनाको सनाखत

आइतवार , पौष १८, २०७८

बुटवल । बुटवलबाट शब लिएर रिडि हिडेको बस  दुर्घटनामा परि मृत्यु भएका मध्ये ५ जनाको सनाखत भएको छ।

मृतक वीर बहादुर विश्वकर्माको दागबत्ती दिनको लागि गएका उनका छोरासहित ८ जनाको मृत्यु भएको थियो। दुर्घटना परी ७ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

मृत्यु हुनेमा बुटवल बुद्धनगरका लालबहादुर विक, पशुपति रसाइली, विजय थापा क्षेत्री रहेको प्रहरिले जनाएको छ। भोजेन्द्र बिक र शंकर बिकको पनि मृत्युु भएको घटनास्थलबाट उमेश कुवरले जानकारी दिए।

सडकबाट करिब डेढसय मिटर तल खसेर बस दुर्घटना भएको थियो । दुर्घटनामा घाइतेमध्ये गम्भीर घाइते १० जनाको मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ। बाटो चिप्लो हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।