
आइतवार , पौष १८, २०७८
भैरहवा, १८ पुस ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही अन्तर्गत यातायात तथा ट्राफिक व्यवस्थापन उपसमितिको बैठक तथा छलफल कार्यक्रम भैरहवामा सम्पन्न भएको छ । समितिका संयोजक तथा संघका कार्यसमिति सदस्य गौरब श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकमा महासचिव विजय पाण्डेले सहजीकरण गरेका थिए ।
बैठकमा सहभागिहरुले नगरभित्रको पार्किङ्ग व्यवस्थापन, एकतर्फी बाटो सञ्चालन, ट्राफिक संकेत चिन्हहरु राख्ने, नगरभित्र सवारीको गति सीमित तोक्नुपर्ने, छाडा चौपाया व्यवस्थापन गर्ने र विद्यालयहरुमा ट्राफिक सचेतना अभियान सञ्चालन गर्नुपर्ने विषयमा छलफल भएको संघका कार्यकारी सचिव आनन्द खनालले बताए ।
कार्यक्रममा बोल्दै जिल्ल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक केशव के.सी.ले सबैको सहयोगमा छलफलमा उठेका समस्याहरु समाधानमा आफु लाग्ने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij