२०८३, बैशाख ७ गते

Apr 20 2026 | २०८३, बैशाख ७ गते

जसपा लुम्बिनी प्रदेशको अध्यक्षमा अशोक यादव चयन

आइतवार , पौष १८, २०७८

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • रुपन्देही, १८ पुस ।
    जनता समाजवादी पार्टी, नेपाल लुम्बिनी प्रदेश समिति (समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी, नेपाल) को समायोजन कार्यक्रम सम्पन्न भएको छ । जसपा नेपाल लुम्बिनी प्रदेश समितिले तत्कालीन समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीको समायोजन कार्यक्रम बुटवलमा सम्पन्न गरेको छ । विगत लामो समयदेखि समायोजन हुन नसकेको पार्टी एक समारोहकाबीच समायोजन गरिएको जसपा लुम्बिनी प्रदेश अध्यक्ष अशोक कुमार यादवले बताए ।

    कार्यक्रममार्फत तत्कालीन समाजवादी पार्टीबाट ८१ जना र राष्ट्रिय जनता पार्टीका ५० जना गरी १ सय ५१ सदस्यीय प्रदेश समिति गठन गरिएको अध्यक्ष यादवले जानकारी दिए । प्रदेश समितिमा १५ जना पदाधिकारी हुनेछन् ।  

    जसपा लुम्बिनीको उपाध्यक्षमा अब्दुल रसिद खान, धनेश्वरी चौधरी, अतिउल्ला मुसलमान, मन्नु चौधरी, राजकुमार चौधरी, राजकिशोर मिश्र, बदरुधुजा खान, महासचिवमा यज्ञ प्रसाद पोख्रेल, सचिवमा लक्ष्मी चौधरी, ठाकुर चौधरी, पान्नेलाल यादव, ओम प्रकाश चौधरी, हिमानी थापा र कोषाध्यक्षमा अम्बिका काफ्ले लगायत रहेका छन् ।

    कार्यक्रममा बोल्दै जसपा लुम्बिनी प्रदेश इञ्चार्ज तथा पूर्वमन्त्री दान बहादुर चौधरीले संगठन विस्तार तथा पार्टीको सिद्धान्त अनुसार कार्यकर्तालाई काम गर्न आग्रह गरे । 

    जसपाका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गोविन्द चौधरीले देश बनाउन संघीयतालाई बलियो बनाउन आग्रह गरे । पार्टीका नेता तथा लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सहसराम यादवले जसपाले जनचाहना अनुसार विकास निर्माणका काम गरिरहेको बताए ।

    पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सह–इञ्चार्ज कमल खनालले आदिवासी, जनजाति, मधेशी, मुस्लिम लगायत उत्पीडित समुदायको हकअधिकार सुनिश्चित गर्ने एक मात्र पार्टी जसपा भएको दावी गरे ।