
आइतवार , पौष १८, २०७८
बुटवल। बुटवलबाट शव लिएर गुल्मीको रिडी तर्फ जाँदै गरेको बस दुर्घटनामा परेको छ। पाल्पाको रिब्दिकोट २ लगुवामा दुर्घटना हुदा ७ जनाको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा परी ८ जना घाईते भएको र उनीहरुको उपचार भईरहेको प्रहरीले जनाएको छ। शव लिएर रिडि जादै गरेको लु२ ख ७२७९ नम्बरको बस दुर्घटनामा परेको हो। घटना के कारणले घटेको यकिन हुन नसकेको प्रहरीले जनाएको छ। घटनास्थलमा प्रहरी पुगेको छ।
बस बाटोबाट ६० मिटर तल खसेकोे र उद्धार कार्य जारी रहेको जिलला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर श्वातीले बताए।
बसमा ३५ जना मलामी रहेको बताइएको छ। घाइतेहरूको पाल्पा मिसन अस्पताल र प्रभावसमा रहेको लुम्बिनी मेडिकल कलेजमा उपचार भईरहेको प्रहरीको भनाई छ। मृतकको सनाखत हुन सकेको छैन्।
घाइतेको उद्धारमा प्रहरी र स्थानीयवासी लागेका छन। मृत्तकको सनाखत हुन बाँकी रहेको जनाइएको छ । दुर्घटना बिहान १०ः३० बजे भएको बताइएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij