२०८२, श्रावण २ गते

Jul 18 2025 | २०८२, श्रावण २ गते

लायन्स र लियो सिद्धार्थनगर युथको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर

आइतवार , पौष १८, २०७८

भैरहवा, १८ पुस ।
लायन्स क्लब अफ सिद्धार्थनगर सिद्धार्थनगर लेडी युथ र लियो क्लब अफ सिद्धार्थनगर युथको संयुक्त आयोजनामा शनिबार एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । रुपन्देहीको रोहिणी गाउँपालिका–६ स्थित श्री बोधवार माध्यमिक विद्यालयमा सम्पन्न शिविरमा ८ सय बढी स्थानीयको स्वास्थ्य परीक्षण गरिएको क्लबका अध्यक्ष तनु शर्मा कसौधनले बताइन् । फ्लोरेन्स फार्मेसी भैरहवाको सहयोगमा भएको शिविरमा मधुमेश परीक्षण, निःशुल्क औषधी वितरण तथा निःशुल्क परामर्शको व्यवस्था गरिएको उनले बताइन् ।

शिविरको उद्घाटन गर्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका सेकेण्ड भाइस डिष्ट्रिक गनर्भरले ग्रामीण क्षेत्रमा पुगेर शिविर आयोजा गर्नु राम्रो कार्य भएको बताए ।

कार्यक्रममा रोहिणी गाउँपालिका–६ का वडाअध्यक्ष इन्द्रमान चौधरी, जोन चेयरपर्सन अभिनव मयुर कसौधन, लियो डिष्ट्रिक उपाध्यक्ष एम.डी. न्यौपाने, लियो एरिया–४ का चिफ सुमन अधिकारी लगायतले बोल्दै क्लबले आगामी दिनमा पनि यस्ता कार्यहरुलाई निरन्तरता दिनुपर्ने बताए ।

तृप्ती वर्मा र फुलचन्द्र लोधको संयोजकत्व, अभा मल्लको ध्वजा अभिवादन तथा सेजल मल्लिकको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।