images

शुक्रवार, चैत्र १६ गते २०८०

जेसीआई सिद्धार्थ लेडीमा किन भयो भाडभैलो ?

जेसीआई सिद्धार्थ लेडीमा किन भयो भाडभैलो ?

images
images
images
शनिवार, पौष १७ २०७८
शनिवार, पौष १७ २०७८
  • जेसीआई सिद्धार्थ लेडीमा किन भयो भाडभैलो ?

    भैरहवा, १८ पुस ।
    ‘शासन व्यक्तिको होइन, विधिको हुनुपर्दछ’ भन्ने नारालाई आत्मसात गरेको जेसीज पछिल्लो समय विवादमा पर्दै आएको छ । अरुलाई विधिको शासन सिकाउने जेसीजको सदस्य पद प्राप्तीका लागि तल्लो तहसम्म गिर्न थोलेपछि विवाद उत्कर्षमा पुग्न थालेको हो ।

    images
    images
    images

    पछिल्लो समय भैरहवामा रहेको जेसीआई सिद्धार्थ र जेसीआई सिद्धार्थ लेडी, नेपालमा अध्यक्ष पदका लागि मरिहत्ते गर्दा सदस्यहरु नै निराश पर्न थालेका छन् । नेतृत्व र व्यक्तित्व विकास हुने आशमा जेसीजमा आबद्ध तमाम युवायुवती केही पूर्व अध्यक्षहरुको अड्डीका कारण सस्था बद्नाम हुन थालेको छ । 

    यसको दृष्टान्त १६ पुस २०७८ को मध्यराती जेसीआई सिद्धार्थ लेडी नेपालको २५ औं शाखा अधिवेशनमा पनि देखापरेको छ । देशभर राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइरहेका बेला महिला जेसीजमा भने बेमेलको स्वर गुन्जयमान भइरहेको थियो । अरु मानिस अंग्रेजी नयाँ वर्षको स्वागतमा रमाइरहेका बेला महिला जेसीजका सदस्यहरु भने घर झगडामा तल्लीन थिए । 

    महिला जेसीजमा नयाँ नेतृत्व चयनमा कुरा नमिल्दा मध्यराती समेत झगडा चलिरहेको थियो । जेसीआई सिद्धार्थ लेडी नेपालमा निर्वाचनको विषयमा कुरा नमिल्दा भएको विवाद अहिले बाहिर सतहमा आएको छ । वर्ष २०२२ को लागि नयाँ नेतृत्व चयन गर्ने विषयमा विवाद हुँदा निर्वाचन अनिश्चित बन्न पुगेको छ भने जेसीजप्रतिको भरोषा समेत टुट्दै गएको छ । 

    शुक्रबार बिहान ११ बजेदेखि सुरु भएको २५ औं साधारणसभा तथा शाखा अधिवेशन राती १ बजेसम्म पनि नटुंगिएपछि संस्थाका सदस्यहरु आ–आफ्नो घर हिंडेपछि यत्तिकै रोकिएको थियो । राति अबेर यत्तिकैमा सकिएको अधिवेशनले नयाँ नेतृत्व चयन गर्न नसकेपछि माघ ५ गते सम्मका लागि स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ । जेसीजभित्र एकले अर्कोलाई स्वीकार गर्न नसक्दा संस्थाभित्र समस्या बढ्दै गएको आम सदस्यको भनाइ छ । 

    शुक्रबार दिनभर सहमतिको प्रयास असफल भएपछि मध्यराति निर्वाचन आयुक्त गीता श्रेष्ठले निर्वाचन प्रक्रिया भन्दा बाहिर गएर २०२१ को तालिम संयोजक गीता गैरे बन्जाडेलाई एकतर्फी रुपमा अध्यक्ष चयन गरेको घोषणा गरेपछि विवाद छताछुल्ल भएको हो । 

    वर्ष २०२२ को लागि ६ जनाले अध्यक्षमा उम्मेदवारी दर्ता गरे पनि सबै प्रक्रिया लत्याउँदै निर्वाचन आयुक्तले जर्बजस्त रुपमा अध्यक्षका प्रत्यासी बन्जाडेलाई अध्यक्ष घोषणा गरेपछि विवाद उत्कर्षमा पुगेको पूर्वअध्यक्ष रचना क्षेत्रीले जानकारी दिइन् ।
    पूर्व अध्यक्ष क्षेत्रीले पछिल्लो समय जेसीजमा पदको लडाईका भएको विवादले युवा पुस्तामा निराशा छाएको बताइन् । उनले युवामा नेतृत्व र व्यक्तित्व विकास गर्ने संस्थामा देखिएको विवादले समाजमा नकारात्मक असर पारेको बताइन् ।  

    जेसीआई सिद्धार्थ लेडीका बहुमत सदस्यले निर्वाचन प्रक्रिया लत्याउँदै निर्वाचन आयुक्त श्रेष्ठले बन्जाडेलाई अध्यक्ष चयन गरेको आरोप लगाउँदै निर्वाचन समितिले गरेका कुनै पनि निर्णय मान्य नहुने बताएका छन् ।

    अधिकांश पूर्व अध्यक्षहरु र सदस्यहरुले गत वर्षको लिखित सहमति अनुसार वर्ष २०२१ को स्वास्थ्य संयोजक प्रकृति उप्रेतीलाई अध्यक्ष बनाउनुपर्नेमा जोड दिएका छन् । अध्यक्षकी प्रत्यासी उप्रेतीले गत वर्षको सहमति अनुसार आफुले अध्यक्षमा दावी गरेको बताइन् । 

    अध्यक्षको अर्को प्रत्यासी मीनाक्षी क्षेत्रीले आफु अध्यक्षमा उम्मेदवारी दर्ता गराएपनि आफ्नो सहमति बिना नै गैरेलाई अध्यक्ष घोषणा गरेका कारण संस्थामा विवाद सृजना भएको बताइन् । उनले आफूले अध्यक्षमा दिएको उम्मेदवारी फिर्ता नलिएको जिकिर गरिन् ।

    अधिवेशनमा सहभागि अधिकांशले निर्वाचन आयुक्त श्रेष्ठले गरेका कुनै पनि निर्णयहरु मान्य नहुने भन्दै निर्वाचन हलभित्रै नाराबाजी र विरोध जनाएका थिए । 

    निर्वाचन आयुक्त श्रेष्ठले अध्यक्षमा गैरेलाई प्रस्ताव गर्न खाजे पनि बहुमत सदस्यको विरोध गरेपछि चयन नगरेको बताइन् । उनले शुक्रबार दिनभर सहमतिको प्रयास गरेपनि कहीकतैबाट सहमति नजुटेपछि विधानले दिएको अधिकार प्रयोग गर्दै अध्यक्ष चयन गर्न खोजेको बताइन् । आयुक्त श्रेष्ठले सहमतिको लागि प्रयास गरे पनि कतिपय पूर्वअध्यक्ष तथा सदस्यहरुले निर्वाचन सम्बन्धी कागजपत्र च्यातेर आफूहरुलाई असहयोग गरेको बताइन् ।

    वर्ष २०२१ की अध्यक्ष रिमा न्यौपानेले आफूहरुले सहमतिको लागि लामो प्रयास गरे पनि त्यो सफल हुन नसकेपछि निर्वाचन समितिलाई सम्पुर्ण अधिकार प्रत्यायोजन गरेको बताइन् ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij