
शनिवार , पौष १७, २०७८
बुटवल, १७ पुस ।
रोटरी क्लब अफ बुटवल वर्ष २०२१/२२ को २५ औं र क्लबको १३९५ औं नियमित बैठक शनिबार बुटवलमा सम्पन्न भएको थियो । बैठकको एजेण्डा बिजनेश रहेको थियो ।
बैठकमा बिजनेश एजेण्डा अन्तर्गत रोटरी डिष्ट्रिक कन्फ्रेन्स–२०२२ र रोटरी इन्टरनेशनल कन्भेन्सन–२०२२ का बारेमा छलफल भएको थियो ।
त्यस अवसरमा क्लवका प्रेसिडेन्ट नोमिनी करुण खनालले डिष्ट्रिक कन्फ्रेन्सको हालसम्मको प्रगतिबारे जानकारी गराएका थिए । रोटरीको डिष्ट्रिक कन्फ्रेन्स आगामी फेब्रुअरी १८, १९ र २० तारिखमा झापाको धुलाबारीमा आयोजना हुँदैछ ।
प्रेसिडेन्ट नोमिनी खनालले कन्फ्रेन्समा सहभागिता जनाउनका लागि नाम दर्ता गर्ने रोटरीयनहरुको संख्या करिब २० जना पुगेको र दर्ता गर्ने क्रम जारी रहेकाले ३५ जनाको हाराहारीमा सहभागिता रहने अपेक्षा गरिएको बताए ।
त्यस्तै अमेरिकामा आयोजना हुने रोटरी इन्टरनेशनल २०२२ को बारेमा संयोजक खिमनारायण पराजुलील जानकारी गराउँदै इच्छुक रोटरीयनहरुलाई सहभागिता जनाउनका लागि आग्रह गरे ।
त्यस्तै बैठकमा क्लबका पूर्व एजी एवं पुर्व अध्यक्ष राजेन्द्र लम्सालले क्लबले सञ्चालन गर्न लागेको ब्लड कलेक्शन मोबाईल भ्यानको पछिल्लो प्रगतिबारे बैठकमा जानकारी गराएका थिए । यो तीन वर्षदेखिको ड्रिम प्रोजेक्ट रहेको र यसमा विभिन्न क्लवहरुले समेत सहयोग गरेकाले निक भविष्यमै सञ्चालन गर्ने गरी तयारी अघि बढाइएको उनले जानकारी गराए ।
क्लबका अध्यक्ष प्रा. डा. ताराप्रसाद उपाध्यायको अध्यक्षतामा सम्पन्न बैठकमा निवर्तमान अध्यक्ष सुनिल श्रेष्ठ, कोषाध्यक्ष गोपालप्रसाद बस्याल, श्रीकृष्ण पोखरेल, मन्जु थापा लगायतले पनि आ–आफ्नो धारणा राखेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij