२०८२, श्रावण २ गते

Jul 18 2025 | २०८२, श्रावण २ गते

तिलोत्तमा जेसीजमा विनित भट्टराई निर्वाचित

शुक्रवार , पौष १६, २०७८

बुटवल, १६ पुस ।
तिलोत्तमा जेसीजको वर्ष २०२२ को अध्यक्षमा जेसी विनित भट्टराई निर्विरोध निर्वाचित भएका छन् । तिलोत्तमा जेसिजको सम्पन्न १० औं वार्षिक साधारणसभा शाखा अधिवेशनले भट्टराईको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन गरेको छ । 

नवनिर्वाचित कार्यसमितिको कार्यकारी उपाध्यक्षमा दिपक घिमिरे, रामु रोका, उपाध्यक्षमा विजय न्यौपाने, प्रथम पराजुली, प्रकाश न्यौपाने र कमल कंडेल सर्वसम्मत चयन भएका छन् । महासचिव कोषाध्यक्ष र कानूनी सल्लाहकार अध्यक्षले मनोनयन गर्ने जेसीजको विधान बमोजिम संस्थाको महासचिव पदमा प्रकाश गौतम र कोषाध्यक्ष पदमा सन्दिप पौडेल मनोनित भएका छन् । त्यस्तै कानूनी सल्लाहकारमा महेश पौडेल शर्मा मनोनित भएका छन् । 

तिलोत्तमा जेसीज वर्ष २०२१ का अध्यक्ष बासुदेव शर्माको अध्यक्षतामा भएको साधारणसभाको उद्घाटन सत्रमा बोल्दै तिलोत्तमा जेसीजका संस्थापक अध्यक्ष विनोद ढकालले तिलोत्तमा जेसीजले प्राप्त गरेको उपलब्धीलाई संस्थागत गर्दै जेसीजको विधि अनुसार अगाडी बढ्न आग्रह गरे । 

कार्यक्रममा बोल्दै संस्थाका पूर्व अध्यक्ष सिनेटर यादव भट्टराई, विनोद सुवेदी, जेसीआई सिद्धार्थका अध्यक्ष गोपाल ज्ञवाली, निर्वाचन आयुक्त तथा निवर्तमान अध्यक्ष लोक प्रसाद भण्डारी ‘राजु’ लगायतले बोल्दै साधारणसभा सफलताको कामना गरेका थिए । 

काश गौतमको स्वागत तथा विनित भट्टराईको सञ्चालनमा सम्पन्न भएको साधारणसभाले महासचिव भट्टराईले पेश गर्नुभएको महासचिवको प्रतिवेदन र कोषाध्यक्ष टिका पौडेल ‘रोहित‘ ले पेश गर्नु भएको कोषाध्यक्षको प्रतिवेदन अनुमोदन गरेको छ । 

साधारणसभाको अवसरमा नेपाल जेसीजबाट प्रदान गरिने अवार्डहरुमध्ये यस वर्ष तिलोत्तमा जेसीजले उत्कृष्ठ त्रैमासिक शाखा पुरस्कार, उत्कृष्ट एरिया डी जेसीस सप्ताह पुरस्कार, सर्वोत्कृष्ट लोम डेभलप्मेन्ट ग्रोथ अवार्ड लगायतको पुरस्कार प्राप्त गर्न सफल भएको अध्यक्ष बासुदेव शर्माले जानकारी दिए ।