२०८२, श्रावण २ गते

Jul 18 2025 | २०८२, श्रावण २ गते

विभिन्न कार्यक्रम गरी भैरहवामा मनाइयो तमु ल्होसार

बिहिवार , पौष १५, २०७८

भैरहवा, १५ भदौ ।
तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद इकाई समिति अञ्चलपुर सिद्धार्थनगरले बिहीबार तमु ल्होसार पर्वको भव्य रुपमा मनाएको छ । ल्वों ल्हो (गाईवर्ग) लाई  विदाई र तो ल्हो (बाघ वर्ग) को आगमनलाई स्वागत गर्दै मनाइएको ल्होसार समारोह अतिथि अध्यक्ष मेख बहादुर गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरुङले जुनसुकै संघ–संस्था गठन गर्न सजिलो भए पनि त्यसलाई जीवन्त राख्न कठिन हुने भएकाले आगामी दिनमा समाजले अझ रचनात्मक कार्य गर्ने विश्वास व्यक्त गरे । 

विशिष्ट अतिथि सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारले संघीय राज्यमा स्थानीय सरकारलाई दिएको अधिकारलाई प्रयोग गर्दै नगरभित्र रहेका प्रत्येक जातजातिका भाषा, धर्म, संस्कृतिलाई संरक्षण गर्न लागिपरेको बताए ।

समाजसेवी भरत कुमार पोखरेलले मौलिक पहिचानलाई अंगिकार गर्नुपर्ने बताए ।

नेपाल मगर लेखक संघ लुम्बिनी प्रदेश अध्यक्ष तथा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ का सदस्य उमेश थापाले स्वयं जाती र राज्यले जातीय पहिचानलाई संरक्षण गर्नुपर्ने बताए ।

सिद्धार्थ यातायात प्रा.लि.का अध्यक्ष सुर्य कुमार सारु मगरले नेपालको सबै जातिको मौलिक संस्कृतिलाई पर्यटन व्यवसायसंग जोड्न सकिने बताए । कार्यक्रममा ल्होसारको बारेमामा ज्योति गुरुङले प्रकाश पारेका थिए ।

कार्यक्रममा तमु ह्युल छोंज धी नगर परिषद्का अध्यक्ष देवी गुरुङ, समाजका पूर्व अध्यक्ष खड्क बहादुर गुरुङ, सिद्धार्थनगर वडा नम्बर ८ का वडा सदस्य रुपा बराइली, असगर अली लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।  

परिषदका अध्यक्ष कमानसिंह गुरुङको अध्यक्षता, सुकमाया गुरुङ (सानू) को स्वागत तथा प्रेम बहादुर गुरुङको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

269637931_2621793001298860_5419950815331122072_n.jpg

कार्यक्रममा समाजका जेष्ठ नागरिक ८३ वर्षीय मनमाया गुरुङ र ७९ वर्षिय मनराज गुरुङलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । त्यस्तै पूर्वअध्यक्ष, भवनको दोस्रो तल्ला निर्माण गर्न आर्थिक एंव भौतिक सहयोग गर्नु व्यक्तिहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा गुरुङ संस्कृति झल्किने सोरठी, झ्याउरे, कौरा र घाटु नृत्य प्रस्तुत गरेको थियो ।