images

सोमवार, बैशाख ३१ गते २०८१

कोरिया आएका नेपाली विद्यार्थी ४ दिनदेखि विमानस्थलमा अलपत्र, अध्यागमनले प्रवेश नदिएपछि स्वदेश फर्काईँदै

कोरिया आएका नेपाली विद्यार्थी ४ दिनदेखि विमानस्थलमा अलपत्र, अध्यागमनले प्रवेश नदिएपछि स्वदेश फर्काईँदै

images
images
images
आइतवार, आश्विन २५ २०७७
आइतवार, आश्विन २५ २०७७
  • कोरिया आएका नेपाली विद्यार्थी ४ दिनदेखि  विमानस्थलमा अलपत्र, अध्यागमनले प्रवेश नदिएपछि स्वदेश फर्काईँदै

    सिओल । विद्यार्थी भिषामा दक्षिण कोरिया आएका एक नेपाली विद्यार्थीलाई कोरियाली अध्यागमनले प्रवेश अनुमती नदिँदा अक्टोवर ८ देखि ईञ्छन विमानस्थलमा अलपत्र परेका छन् । मलेशिया ट्राञ्जिट भएर अक्टोवर ८ का दिन दक्षिण कोरिया आएका ईटहरी घर भएका ती विद्यार्थीलाई युनिभर्सिटिले कोरियाली शिक्षा मन्त्रालयलाई जानकारी नै नगराएको भन्दै अध्यागमनले रोकेर राखेको छ ।

    images
    images
    images

    उनी कोरियाको के.सी युनिभर्सिटीमा अध्ययनकालागि काठमाण्डौ स्थित प्रोप्स एजुकेसन कन्सल्टेन्सी र कोरिया स्थित नेपाली एजेन्ट विश्व खनाल मार्फत कोरिया आएको बताईएको छ । उनी सहित सोहि युनिभर्सिटिकालागि अर्को कन्सल्टेन्सीबाट १ जना आएको र उनी पहिले नै कलेजलाई जानकारी गराएर आएकाले साथीलाई लगेर आफुलाई कलेजले लैजान पहल नगरेको पिडितको गुनासो छ । उनि कोरिया आउँदै गरेको जानकारी पाएपछि कलेजका प्रोफेशरले उनिसँगै आएका साथिलाई फोन गरी मलेशियाबाटै नेपाल फर्किन भनेपनि विश्व खनालले आफुले सबै मिलाईदिने आश्वासन दिँदै निश्चिन्त भएर कोरिया आउन भनेको पिडितले बताए । तर खनालले भने ती विद्यार्थीले नेपालबाट आउँदा आफुलाई जानकारी नदिई आफै टिकट काटेर आएको र पछि युनिभर्सिटिले प्रवेश नदिने जानकारी पाएपछि मात्र मलेशियाबाट आफुलाई सम्पर्क गरेको बताए । ‘मलेशिया आईसकेको विद्यार्थीलाई मानवियताको नाताले पनि कम्तिमा कोरिया सम्म ल्याउनुपर्छ, यहाँ प्रवेश गराउन सकिन्छ कि भन्ने हिसाबले आउन भनेको हुँ’ खनालले भने ।

    कोरोना महामारी यता कोरिया आउने विदेशीले कोरियामा अनिवार्य क्वारेण्टाईनको व्यवस्था गरेको हुनुपर्ने र कलेज प्रशासनले यहाँको शिक्षा मन्त्रालयमा विदेशी विद्यार्थी आउँदै गरेको सम्पुर्ण विवरण उपलब्ध गराउनुपर्ने प्रावधान छ । आफुले कलेजमा नेपालबाटै तीन महिना सम्म अनलाईन कक्षा लिएर भाषा पास गरी उत्तिर्ण प्रमाणपत्र समेत प्राप्त गरिसकेको पिडित विद्यार्थीको भनाई छ । महिनौँ देखि शुल्क तीरेर अनलाईन कक्षा लिईरहेको र कन्सल्टेन्सीलाई पनि तिरेको गरी हाल सम्म कन्सल्टेन्सी मार्फत १० लाख रुपैयाँ बुझाई सकेको पिडितले बताएका छन् । पिडितले आफ्नो आर्थिक देखि समयको खर्च धेरै भएकाले कोरिया आईसकेपछि नफर्काउन आग्रह गरेका छन् ।

    यता युनिभर्सिटि प्रसासनले भने ती विद्यार्थी कोरिया आउँदै गरेको जानकारी एजेण्टले समयमा नगराएका कारण आफुहरुले यहाँको सरकारलाई विवरण उपलब्ध गराउन नपाएको बताएको युनिभर्सिटिलाई उद्धृत गर्दै गैर आवाशिय नेपाली संघ दक्षिण कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले बताए । कलेजले विद्यार्थीका वारेमा क्वारेण्टाईन सहित सम्पुर्ण व्यवस्था यहाँको शिक्षा मन्त्रालयमा पेश गरिसकेको हुनुपर्नेमा एजेण्टले जानकारी नगराउँदा विद्यार्थी नेपालबाट उडेपछि मात्र कलेजले जानकारी पाएको बताएको सुवेदीको भनाई छ । घिमिरे यो समाचार तयार पार्दा सम्म चार दिन देखि ईञ्छन विमानस्थलमा छन् । उनलाई शुक्रवारको कोरियन एयरमा नेपाल फर्काउने प्रयास गरिएको भएपनि कोरोना परिक्षणको पिसिआर रिपोर्ट आवश्यक पर्ने तथा अध्यागमनले कलेज प्रसासनसँग छलफल गर्न समय मागेपछि रोकिएको खनालले बताए ।

    अध्यागमन र कलेज प्रशासनको छलफलपछि ती विद्यार्थीलाई नेपाल फर्काउने निर्णय भएको र अबको उडानमा पिसिआर परीक्षण गराएर स्वदेश फर्काईने उनले बताए । पिडित विद्यार्थीका मामा स्वयमले नेपालमा कन्सल्टेन्सी सञ्चालन गर्ने र उनले प्रो कन्सल्टेन्सी मार्फत भिषा प्रक्रिया पुरा गरी अन्तिममा प्रो कन्सल्टेन्सी तथा आफुलाई जानकारी नै नगराई सिधै टिकट काटेर कोरिया पठाएकाले यस्तो अवस्था सिर्जना भएको खनालको दाबी छ ।

    कोरोना महामारीको समयमा भिषा मात्र भएर हुँदैन भन्ने जानकारी हुँदा हुँदै पनि विद्यार्थीलाई टिकट काटेर सिधै पठाएकाले विद्यार्थी कलेजकालागि नभई अवैधानिक वस्न आएको हुनसक्ने दाबी कलेज प्रशासनले गरेको खनालको भनाई छ । पिडित विद्यार्थीका विषयमा दूतावासलाई पहल गरिदिन आग्रह गरिएको भएपनि दूतावासको क्षेत्रभित्र नपर्ने जवाफ पाएको खनालले बताए । पिडित विद्यार्थीको कोरिया आउँदा—जाँदाको लाग्ने सबै शुल्क कन्सल्टेन्सीले बेहोर्नेगरी पहल गरेको उनको भनाई छ ।पिडितलाई कोरिया प्रवेशकालागि कलेजले तत्कालकालागि रिजेक्ट गरिदिएको भएपनि भिषा क्यान्सील नगरिदिएकाले नेपाल पुगिसकेपछि पुन कोरिया ल्याउन आफुले प्रक्रिया सुरु गरेको खनालले बताए ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij