२०८२, कार्तिक २४ गते

Nov 10 2025 | २०८२, कार्तिक २४ गते

कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित अब्दुल रज्जाकलाई भैरहवामा स्वागत

बुधवार , पौष ७, २०७८

  • 4.0K
    Shares
  • 4.0K
    Shares
  • भैरहवा, ७ पुस ।
    नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित कांग्रेस रुपन्देहीका निवर्तमान सभापति, संविधानसभा सदस्य एवं पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रज्जाकलाई भैरहवामा स्वागत गरिएको छ । बुधबार सांझ उनलाई कांग्रेसका नेता कार्यकर्ता तथा शुभेच्छुकहरुले गौतमबुद्ध विमानस्थलमा स्वागत गरेका हुन् ।

    रज्जाकलाई स्वागत गर्न विमानस्थलमा बाक्लो संख्यामा नेता कार्यकर्ता विमानस्थलमा पुगेका थिए । 

    मंगलबार सार्वजनिक भएको मत परिणामअनुसार केन्द्रीय सदस्य मुस्लिम (खुला) पदमा रज्जाक २ हजार ३ सय ९० मतका साथ विजयी भएका छन् ।