images

शुक्रवार, चैत्र १६ गते २०८०

एकद्वार संकट व्यवस्थापन केन्द्र तथा सरोकारवालाहरुको क्षमता अभिवृद्धि तालिम

एकद्वार संकट व्यवस्थापन केन्द्र तथा सरोकारवालाहरुको क्षमता अभिवृद्धि तालिम

images
images
images
बुधवार, पौष ७ २०७८
बुधवार, पौष ७ २०७८
  • एकद्वार संकट व्यवस्थापन केन्द्र तथा सरोकारवालाहरुको क्षमता अभिवृद्धि तालिम

    भैरहवा, ७ पुस ।
    कोभिड–१९ को प्रतिकार्य कार्यक्रम अन्तर्गत एकद्वार संकट व्यवस्थापन केन्द्र तथा सरोकारवालाहरुको क्षमता अभिवृद्धि तालिम भैरहवामा सम्पन्न भएको छ । विभिन्न निकायबाट २६ जनाको सहभागितामा पुस ४ र ५ गरी दुईदिने तालिम सम्पन्न भएको हो । 

    images
    images
    images

    सिद्धार्थ सामुदायिक विकास केन्द्र युनिसेफ र स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय लुम्बिनी प्रदेश तथा भीम अस्पताल, भैरहवाको संयुक्त सहकार्यमा सम्पन्न तालिममा कोरोना महामारीले समाज उत्पन्न गरेको सामाजिक अपराधलाई न्यूनीकरण गर्नुपर्नेबारे तालिम दिइएको हो । कोभिड–१९ पछि लैंगिक हिंसा, बालबालिका हिंसा, समाजको परिवेश लगायतकाबारेमा प्रशिक्षकले प्रशिक्षण दिएका थिए । 

    त्यसै गरी समाजमा सरोकारवालाले कोरोना माहामारी लगायतका कारणले लैंगिक हिंसा न्यूनीकरण गर्न, बालबालिकाको संरक्षण गर्न, समाजका समस्याहरु पहिचान गर्न, विभिन्न सरोकारसंग समन्वय गर्न लगायत विभिन्न विषयमा प्रशिक्षण दिइएको थियो । 

    तालिमको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिद्धार्थ नगरपालिकाका उपप्रमुख उमा काफ्लेले तालिममा सहभागिले समाजमा रहेर यसको प्रयोग गर्ने विश्वास रहेको बताइन । तालिममा विभिन्न क्षेत्रबाट सहभागिता भएकोले समाजमा हुने अपराधहरु न्यूनीकरण गर्न हरेक क्षेत्रबाट पहल हुने भएको बताइन् । सरकार एक मेरुदण्डको रुपमा रहेर नीति तथा कार्यक्रम बनाइ बजेट ल्याउने मात्र भएकाले सबैको सहयोग र प्रयासले मात्र समाजको समस्या हल गर्न सकिने उनले बताइन् । 

    Swasthya News.jpg

    कार्यक्रममा भीम अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. शकुन्तला गुप्ता, तालिममा सहभागी ओमसतिया गाउँपालिकाबाट नेत्र न्यौपाने लगायतले मन्तव्य राखेका थिए । 

    कार्यक्रममा महिला तथा बालबालिका कार्यालय, प्रहरी कार्यालय, न्यायिक समिति, मेलमिलाप कार्यालय, विभिन्न स्वास्थ्य चौकीका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । ओमप्रकाश बनियाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij