२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

रुपन्देहीका कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु 

शनिवार , आश्विन २४, २०७७

बुटवल २४ असोज । रुपन्देहीमा एक जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । 

रुपन्देहीको शुद्धोधन गाउँपालिका–६ का ५७ वर्षीय पुरुषको कोरोना विशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनको शुक्रबार दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ । 

असोज १९ गते लुम्बिनी प्रादेशिक अस्पताल पुगेका उनलाई सोही दिन कोरोना पुष्टि भएपछि कोरोना विशेष अस्पताल भर्ना गरिएको अस्पतालका सुचना अधिकारी डा. बिष्णु गौतमले जानकारी दिए । 

सूचना अधिकारी डा. गौतमका अनुसार संक्रमित क्षयरोगका दीर्घरोगी थिए । योसँगै रुपन्देहीमा कोरोना संक्रमित मृतकको संख्या ३४ पुगेको छ ।