images

शुक्रवार, चैत्र १६ गते २०८०

टुगा बाल बचतकर्ता भेला सम्पन्न

टुगा बाल बचतकर्ता भेला सम्पन्न

images
images
images
आइतवार, पौष ४ २०७८
आइतवार, पौष ४ २०७८
  • टुगा बाल बचतकर्ता भेला सम्पन्न

    भैरहवा, ४ पुस ।
    टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड ओमसतिया गाउँपालिका–१ रुपन्देहीको आयोजनामा संस्थाको बाल बचत गर्ने बालबालिकाहरुको सेवा केन्द्र स्तरीय बाल बचतकर्ता भेला तिलोत्तमा–१३ स्थित युवा क्लब भवनमा सम्पन्न भएको छ ।.

    images
    images
    images

    बचत प्रबद्र्धन उपसमितिको संयोजनमा सम्पन्न उक्त भेला सस्ंथाका उपाध्यक्ष परशुराम बास्तोलाको अध्यक्षता, सल्लाहकार एवं पशुपति कलेजका पूर्व क्याम्पस प्रमुख जयलाल शर्मा बस्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रममा उत्कृष्ट बाल बचतकर्ताहरु कुशल राना, जेम्स गुरुङ, शिरिन पुन, एलेक्स पुन र धनराज गुरुङलाइ नगद पुरस्कारसहित सम्मानपत्रद्वारा सम्मानित गरिएको थियो ।

    त्यस्तै कार्यक्रममा सहभागीहरुलाई आफ्नो प्रतिभा प्रस्तुत गर्न मंच खुला गरिएको थियो । सहभागीमध्ये १० जना बालबालिकाहरुले नृत्य, बालगीत, वक्तृत्वकला प्रदर्शन गरेर आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । प्रतिभा प्रस्तुत गर्ने सहभागीलाई संस्थाको तर्फदेखि पुरस्कार प्रदान गरिएको थियो .।

    सहभागी भएका बाल बचतकर्ता बालबालिकाहरुलाई चिठ्ठा विधिबाट छनोट गरी भाग्यशाली ३ जना बालबालिकाहरु अनिशा खासु, जेस्मिन पुन र प्रवेश सरांगकोटीलाइ स्कुल ब्याग उपहार वितरण गरिएको संस्थाले जनाएको छ ।

    कार्यक्रममा बाल बचतकर्ता बालबालिकाका अभिभावक शेयर सदस्यलाइ संस्थाका मुख्य प्रबन्धक लक्ष्मण कुमार थापाले बाल बचत तथा खुत्रुके बचतबारे अभिमुखीकरण गराएका थिए ।

    बाल बचत योजनालाइ विस्तार र प्रवद्र्धन गर्न संस्थाले वार्षिक बाल भेला गर्ने, बाल क्लब गठन गर्ने, उत्कृष्ट बचतकर्तालाई पुरस्कृत तथा सम्मान गर्ने र बाल प्रतिभाको सम्मान गर्ने संथाको नीति रहेको थापाले बताए ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि बस्यालले आयोजक टुगा आस्था विकास सहकारीले सदस्यको उत्तराधिकारी बालबालिकाहरुप्रति लक्षित कार्यक्रम आयोजना गरेर बाल बचतको बारेमा जनचेतना फैलाउँदै आकर्षक कार्यक्रमको सुरुवात गरेकोमा खुसी लागेको बताए । 

    सहकारीका उपाध्यक्ष बास्तोलाले संस्थाको ९ किसिमको बचत खाता सञ्चालनमा रहेको बताए । बाल बचतसम्बन्धि यो कार्यक्रमको सफलता देखेर आफुलाई धेरै खुसी लागेको उनले बताए । अभिभावक शेयर सदस्यले आफ्ना बालबालिकाहरुलाई फास्टफुड खाने तिर निरुत्साहित गर्दै बचत क्रियाकलापमा बानी बसाल्नुपर्ने उनको भनाइ थियो ।

    संस्थाका सञ्चालक धन बहादुर खड्काको स्वागत तथासचिव जित बहादुर रास्कोटीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
    संस्थाको अन्य कर्मचारी टीमले ओमसतिया गाउँपालिका वडा नम्बर ३ र सियारी गाउँपालिका वडा नम्बर १ मा सदस्य बिस्तार कार्यक्रम सञ्चालन गरेको मुख्य प्रबन्धक लक्ष्मण कुमार थापाले बताए ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij