२०८३, श्रावण ८ गते

Jul 24 2026 | २०८३, श्रावण ८ गते

 रक्षामन्त्री रिजालद्वारा राजिनामा 

बिहिवार , पौष १, २०७८

  • 3.1K
    Shares
  • 3.1K
    Shares
  • काठमाडौँ । नेपलाी कांग्रेसको १४ औँ महाअधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिएका रक्षामन्त्री मिनेन्द्र रिजालले राजिनामा दिने भएका छन् । उनले महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने आफनो ट्विटर एकाउन्ट मार्फत जानकारी दिएका हुन्।

    ट्विटरमा उनले लेखेका छन्, “नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु। अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु।”