images

सोमवार, बैशाख ३१ गते २०८१

कात्तिक १ देखि हिमाल आरोहण र ट्रेकिङमा जाने कोरियाली पर्यटकलाई भिषा दिइने  

कात्तिक १ देखि हिमाल आरोहण र ट्रेकिङमा जाने कोरियाली पर्यटकलाई भिषा दिइने  

images
images
images
बिहिवार, आश्विन २२ २०७७
बिहिवार, आश्विन २२ २०७७
  • कात्तिक १ देखि हिमाल आरोहण र ट्रेकिङमा जाने कोरियाली पर्यटकलाई भिषा दिइने  

    सिओल, २२ असोज । 
    सरकारले कात्तिक १ देखि हिमाल आरोहण र ट्रेकिङमा जान चाहने  कोरियाली पर्यटकका लागि भिषा उपलब्ध गराउने भएको छ । कोरोना माहामारीका कारण लामो समयदेखि रोकिएको भिषा स्विकृती प्रकृया कात्तिक १ देखि पुन सञ्चालन गर्ने निर्णय भएको नेपालस्थित पर्यटन मन्त्रालयलाई उद्धृत गर्दै सिओल स्थित नेपाली दूतावासले जनाएको छ ।

    images
    images
    images

    पहिलो चरणमा तत्कालका लागि हिमाल आरोहण र ट्रेकिङकालागि मात्र भिषा उलब्ध गराईने दूतावासको भनाइ छ । 
    भ्रमणका लागि जान चाहने पर्यटकले भिषा लिँदा आफू सोही क्षेत्रका लागि जान लागेको भनि उल्लेख गर्नुपर्ने दूतावासका उपनियोग प्रमुख रामसिंह थापाले जानकारी दिए । 
    हिमाल आरोहण र ट्रेकिङमा जस्ता पर्यटकीय क्षेत्रमा बाक्लो भिडभाड नहुने भएकाले सोही क्षेत्रलाई लक्षित गरी भिषा उपलब्ध गराउन लागिएको थापाको भनाइ छ । 

    कोरियाली पर्यटकले नेपाल जानु भन्दा पहिले विमानस्थलमा ७२ घण्टा भित्रको कोरोना परीक्षणको पीसीआर नेगेटिभ रिपोर्ट पेश गर्नुपर्ने दूतावासले जनाएको छ । 

    पर्यटकका लागि ट्रेकिङ वा ट्राभल एजेन्सीमार्फत उल्लेखित क्षेत्रका लागि भ्रमणमा जान लागेको भनी प्रमाणित प्रतिलिपि अनिवार्य गरिएको छ । त्यस्तै नेपालमा गई ७ दिन क्वारेन्टाइन बस्नुपर्ने र त्यसका लागि नेपालस्थित होटल क्वारेन्टिन सुनिश्चित गरिएको प्रमाणपत्र पनि अनिवार्य गरिएको छ । 

    पर्यटकले ५ हजार अमेरिकी डलर बराबरको कोरोना बीमा गरेको पोलिसी प्रमाण पनि पेश गर्नुपर्ने उल्लेख छ । 

    नेपाल पुगिसकेपछि होटल क्वारेन्टाइनमा बस्ने पर्यटकको पाँचौ दिनमा कोरोना परीक्षण गरिने र रिपोर्ट पोजेटिभ आएको खण्डमा निको नहुँदा सम्म सोहि होटलमा आईसोलेसनमै बस्नुपर्ने उल्लेख छ । 

    नेपालमा कोरोना प्रकोप फैलिनु भन्दा पहिले कोरियालीहरुले नेपाल भ्रमणमा जान चाहेको आशय व्यक्त गर्दै,  कहिलेबाट भिषा स्विकृती खुल्छ ? भन्ने जिज्ञासा राख्ने गरेको भए पनि पछिल्लो समय भने त्यसरी जिज्ञासा राखनेहरु नआउने गरेको थापाले बताए । 

    पर्यटन मन्त्रालयको उक्त निर्णय स्वागतयोग्य भएको कोरियाका लागि नेपाली पर्यटन दूत केपी सिटौलाको भनाई छ । तर अन्य विषयलाई वेवास्ता गरेर भिषा उपलब्ध गराएर मात्र कोरियाली पर्यटक नेपाल नजाने उनको तर्क छ ।  उनले कोरोना महामारी सुरु भए यता कोरिया–नेपाल हवाई सम्पर्क जटिल विषय भएकाले त्यसलाई सहज नबनाई भिषा मात्र उपलब्ध गराएर नपुग्ने बताए । 

    महामारीमा पनि कोरियाको आन्तरिक पर्यटन व्यवसाय फस्टाएकोले कोरियालीहरु भ्रमणमा जान आतुर भएको आफुले पाएको सिटौलाको भनाइ छ । 

    उनी भन्छन, ‘‘सप्तान्हमा कोरियाका पर्यटकिय स्थलहरु आन्तरिक पर्यटकले भरिभराउ छन्, यहाँका होटलहरु भरिभराउ छन् । त्यसकारण यहाँका नागरिक कोरोना प्रभाव नरहेका देशको भ्रमणमा जान आतुर छन् भन्ने बुझ्न सकिन्छ ।’’
    कोरोना महामारीका कारण नेपालमा पर्यटन व्यवसाय थला परिरहेका बेला कोरियामा भने आन्तरिक पर्यटकले यहाँका पर्यटकिय स्थलहरु भरिभराउ छन् । 

    नेपालका हिमाली क्षेत्रहरु, खासगरी हिमाल आरोहण र ट्रेकिङका क्षेत्र कोरोना प्रभावबाट मुक्त रहेकाले सरकारले हप्तामा २ ओटा सम्म नियमित उडानको प्रत्याभूती गरेमा कोरियाली पर्यटक नेपाल भ्रमणमा निस्कने पर्यटन क्षेत्रका सरोकारवाला बताउँछन् । 

    सरकारले भदौ १५ देखि नै कोरियाका लागि नियमित उडान सुचारु गरिएको बताएपनि पर्याप्त यात्रु नभएको भन्दै कोरियन एयरले चार्टर उडान मात्र गर्दै आएको छ । 

    कोरियाबाट नेपाल भ्रमणमा जाने कोरियाली पर्यटकको संस्या सन २०१८ मा ३८ हजार १ सय ४२ रहेको र २०१९ मा ३६ हजारको हाराहारीमा रहेको सरकारी तथ्यांक छ ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij