
बुधवार , आश्विन २१, २०७७
बुटवल। रुपन्देहीको बुटवल स्थित कोरोना विशेष अस्पतालमा बुधवार थप एक संक्रमितको मृत्यु भएको छ ।
बुधवार दिउंसो स्वास्थ्यमा थप समस्या भएपछि कोरोना विशेष अस्पतालको भेन्टिलेटरमा राखी उपचार गराईरहेका बुटवल ६ का ४७ वर्षीय पुरुषको सांझ साढे ५ बजे मृत्यु भएको अस्पतालका सुचना अधिकारी डा. विष्णु गौतमले बताए ।
उनका अनुसार गत असोज १५ गते स्वास्थ्यमा समस्या भई पिसिआर परिक्षण गाउंदा पोजेटिभ नतिजा आएपछि होम आइसोलेसनमा बसेका ती संक्रमितलाई श्वासप्रश्वासमा थप समस्या भएको र उच्च ज्वरो आएपछि अस्पताल भर्ना गरिएको थियो ।
यो संगै अस्पतालमा मृत्यु हुनेको संख्या २५ पुगेको छ । बुधवार बिहान मात्रै अस्पतालमा २ संक्रमितको मृत्यु भएको थियो । संक्रमण पुष्टी भएका धेरै बिरामी लक्षण देखिंदा समेत होम आइसोलेसनमा बस्ने र गम्भिर अवस्था भएपछि मात्र अस्पताल भर्ना हुनुले मृतक संख्या बढाइरहेको उनले बताए ।
बिरामी र परिवारले बेलैमा अस्पताल आएमा संक्रमितलाई बचाउन सकिने भन्दै उनले अस्पताललाई दोष दिनुभन्दा समयमै बिरामीलाई अस्पताल ल्याउनु उचित हुने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij