
मंगलवार , श्रावण ६, २०७७
बुटवल, २९ असार ।
बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालसंग वार्षिक आयव्यय विवरण र कर्मचारी दरबन्दी लगायतका विषयमा सूचना माग गरिएको छ ।
सूचनाको हक सम्बन्धि ऐन २०६४ को दफा ३ र नेपालको संविधानको धारा २७ ले दिएको अधिकार अनुसार अस्पतालसंग सम्बन्धित ६ वटा क्षेत्रका विस्तृत विवरणका लागि संविधानसभा सदस्य विनोद पहाडी, अधिवक्ता पदम कार्की र पत्रकार टोपराज शर्माले सूचना माग गरेका हुन् ।
सार्वजनिक सरोकारको विषय भएकाले अस्पतालका विविध पक्षमा नागरिकलाई सुसूचित गराउन सूचना माग गरिएको संविधानसभा सदस्य पहाडीले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij