images
images

सोमवार, जेठ ७ गते २०८१

कांग्रेस गुल्मी सभापतिमा खिलध्वज पन्थीले उम्मेदवारी दिने

कांग्रेस गुल्मी सभापतिमा खिलध्वज पन्थीले उम्मेदवारी दिने

images
images
images
बिहिवार, मंसिर ९ २०७८
बिहिवार, मंसिर ९ २०७८
  • कांग्रेस गुल्मी सभापतिमा खिलध्वज पन्थीले उम्मेदवारी दिने

    गुल्मी, ९ मंसिर ।
    नेपाली कांग्रेस गुल्मीका सचिव खिलध्वज पन्थीले जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । बिहीबार नेपाली काँग्रेसको पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी जिल्लाको ८ औं अधिवेशनमा आफूले जिल्ला कार्यसमिति सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् ।

    images
    images
    images

    २०४६ सालदेखि कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)बाट राजनीति सुरु गरेका पन्थीले पार्टीका विभिन्न तह र तप्कामा रहेर जिम्मेवारी सम्हाल्दै आएका छन् । गाउँको वडा तहदेखि तत्कालिन वडा सभापति भई काम गरेका पन्थीले अर्खले गाउँ समितिको सचिव हुँदै दुई कार्यकाल नेपाल तरुण दल गुल्मीको सदस्य भई काम गरेका थिए ।

    पन्थीले झण्डै ८ वर्ष नेपाल तरुण दल जिल्ला सभापति भई पूर्ण आफ्नो जिम्मेवारी निभाएका थिए । उनी झण्डै ६ वर्षदेखि नेपाली कांग्रेस जिल्ला हालसम्म सचिव पदमा काम गर्दै आएका पन्थी गुल्मीका सहयोगी र लोकप्रिय नेताको रुपमा परिचित छन् ।

    कांग्रेसलाई सबल र सक्षम बनाउँदै जिल्लाका एक जनताको भरोसा र दुःख सुखको साथी बनाउन आफुले संगठन बलियो पार्दै एक हातमा संगठन र अर्को हातमा विकास लिएर अगाडी बढ्ने भएकाले आफ्नो जिल्ला कार्यसमिति सभापतिमा उम्मेदवारी प्रस्तुत गरेको खिलध्वज पन्थीले बताए ।

    जिल्लामा नवीन कामको थालनी गरी जिल्लामा काँग्रेस पार्टीलाई कर्ममुखी, विकास, समृद्धिसंगै अग्रजको सम्मान र युवा पुस्तालाई साथमा लिएर संस्कारसहितको पार्टी निर्माण गर्न आफ्नो उम्मेदवारी रहेको पन्थीले बताए । नेता पन्थीले नेपाली कांग्रेस गुल्मी निर्वाचन क्षेत्र नम्बर २ बाट केन्द्रिय महाधिवेशन प्रतिनिधिमा सबैभन्दा बढी ६ सय २३ मत लिएर निर्वाचित भएका थिए ।

    पन्थीलाई नेपाली कांग्रेस गुल्मीका पूर्व सभापति त्रैलोक्य प्रताप सेनले समर्थन गरेका छन् । कांग्रेसको गुल्मी नेतृत्वमा पुस्ता हस्तान्तरण गर्नका लागि आफूले पन्थीलाई समर्थन गरेको बताए । सेन यस अघिसम्म संस्थापन पक्षमा रहेर पार्टीमा काम गरेका थिए । पन्थी संस्थापन इतर समूहका मानिन्छन् । नेपाली कांगेस गुल्मीको आठौं जिल्ला अधिवेशन मंसिर १० र ११ गते हुँदैछ । 

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij