
मंगलवार , मंसिर ७, २०७८
बुटवल, ७ मंसिर । नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गत रुपन्देही क्षेत्र नम्बर २ को मतगणना स्थलमा कुटाकुट भएको छ । सोमबार सम्पन्न निर्वाचनको मतगणना भइरहेको अवस्थामा अचानक विवाद सिर्जना भएपछि कुटाकुट भएको हो ।
मतगणना स्थलमा भएको कुटाकुटमा पौडेल समूहबाट महाधिवेशन प्रतिनिधिका उम्मेदवार दिर्घ बहादुर केसी ((कुमार) माथि आक्रमण भएको जनाइएको छ । देउवा समूहका कार्यकर्ताको आक्रमणबाट उनी घाइते भएका हुन् ।
मतगणना भईरहेका बेला गृहमन्त्री बालकृष्ण खाण निकट नेतृ रिता केसीले लफडा झिकेकाे र पछि खाण निकट युवा प्रशान्त काेईरालाले कुमार केसि माथि हातपात गरेकाे त्यहा सहभागी एक पत्रकारले जनाएका छन्। कुमार केसि रामचन्द्र पाैडेल समुहका हुन्। रूपन्देही २ मा पाैडेल निकट हरि लम्सालले चुनाव जित्ने निष्चित भएपछि खाण निकट समूह लफडा र कुटपिटमा उत्रिएको हाे।
केसीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको आकस्मिक उपचार कक्षमा उपचार भईरहेको नेपाली कांग्रेस बुटवल उपमहानगरपालिका सभापति खेलराज पाण्डेले बताए ।
गृहमन्त्री खांणको गृह जिल्लामा निर्वाचनमा कांग्रेसकै नेता कार्यकर्तामाथि कुटपिट गर्ने कार्य बढेको छ । यस अघि भैरहवामा पनि कांग्रेसका क्षेत्रीय सचिवका उम्मेदवार शैलेश पन्तमाथि कुटपिट भएको थियो । जिल्लाका बिभिन्न स्थानमा मतदान स्थलमै भएका आक्रमणका घटनाले गृहमन्त्री खाँणमाथि तिव्र आलोचना हुन थालेको छ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij