२०८२, माघ २० गते

Feb 03 2026 | २०८२, माघ २० गते

अर्घाखाँचीमा राष्ट्रिय सभा सदस्य सहित १३ जनामा कोरोना पुष्टि

सोमवार , आश्विन १९, २०७७

  • 4.1K
    Shares
  • 4.1K
    Shares
  • अर्घाखाँची । अर्घाखाँचीमा राष्ट्रिय सभा सदस्य सहित १३ जनामा कोरोना पुष्टि भएको छ । पुष्टि हुनेमा राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का उज्ज्वल, प्रहरी नायव उपरिक्षक (डिएसपी) माधव बुढाथोकी, रामबाण गुल्मका गुल्मपती अशोक कुमार थापा क्षेत्री, नेपाली काग्रेस जिल्ला उपसभापति शान्ता भण्डारी, अर्घाखाँची अस्पतालका डाक्टर जगदिश शर्मा, रेडक्रस अर्घाखाँचीका सभापति कुशल भुसाल लगायतका १३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विजय बरालले जानकारी दिए । 

    गत १६ गते गुल्मीमा रहेको कोरोना परिक्षण अस्पतालमा पठाएको २२ जनाको स्वाब परीक्षण मध्ये २१ जनाको रिपोर्ट आज आएको हो । अब एक जनाको रिपोर्ट आउन बाकी छ । जसमा १३ जनाकाको पोजेटिभ र ९ जनाको नेगेटिभ आएको बरालले जानकारी दिए । 

    यता राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्काकाले केहि दिनअघि शितगंगा नगरपालिकाको वडा नम्वर १२ मा जमिन भासिएर पहिरो जाँदा विपद, व्यवस्थापन, उद्वार, राहत र पुनस्थापनामा खटिएकै क्रममा गएको टोलीमा कोरोना पुष्टि भएको हुन सक्ने बताए ।

    यस अघि प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल, सहायक प्रमुख जिल्ला विक्रम थापा लगायतका ४ जनामालाई पनि सोहि ठाउँमा खटिएकै क्रममा कोरोना पुष्टि भएको थियो ।