
सोमवार , मंसिर ६, २०७८
भैरहवा, ६ मंसिर ।
लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको सन्दर्भमा भैरहवामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । महिला तथा बाल अधिकार जिल्ला सञ्जाल रुपन्देहीको आयोजना तथा एबीसी नेपाल र स्ट्रोम फाउण्डेशनको सहयोगमा भएको कार्यक्रममा संवाद परियोजनाले गरेका कामको बारेमा प्रस्तुतीकरण गरिएको थियो ।
एबिसी नेपालका क्षेत्रीय संयोजक मनोज लामिछानेले प्रस्तुतीकरण गरेका थिए । सञ्जाल रुपन्देहीका अध्यक्ष समिता मल्लको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गैरसरकारी संस्था महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष गोविन्द प्रसाद रेग्मीले गैरसरकारी संस्थाहरुले गरेको योगदानको चर्चा गरेका थिए ।
कार्यक्रममा माइती नेपाल भैरहवा प्रमुख माया क्षेत्री, सञ्चारकर्मी, विभिन्न संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन सञ्जालका सचिव सुनिल त्रिपाठीले गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij