
आइतवार , मंसिर ५, २०७८
भैरहवा, ५ मंसिर । अवैध लागुऔषध (खैरो हेरोईन)सहित प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रुपन्देहीको सैनामैना नगरपालिका–७ हरनैयाका ३७ वर्षिय पुर्ण बहादुर थापा, सोही स्थानका ३३ वर्षिय मनोज थापा र देवदह नगरपालिका–५ का २३ वर्षिय सागर सिंह रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको टोलीले शनिबार राती सैनामैना नगरपालिका–७ स्थित हरनैयामा चेकजाँच गर्ने क्रममा तीन जनाको साथबाट ८ ग्राम ४३० मिलिग्राम खैरो हेरोईन जस्तो देखिने पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सहायक प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक भाष्कर चन्दले बताए । आइतबार रुपन्देही जिल्ला अदालतबाट म्याद थप अनुमति लिइ उनीहरुमाथि थप अनुसन्धान भइरहेको चन्दले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij