
शनिवार , मंसिर ४, २०७८
भैरहवा। रुपन्देहीमा नेपाली काग्रेस सस्थापन पक्षका नेता तथा कार्यकर्ताले सस्थापन इतरका उम्मेदवारमाथि आक्रमण गरेका छन्। नेपाली काँग्रेसको १४ औ माहाधिवेशन अन्तर्गत प्रदेश निर्वाचनका क्रममा मतगणना स्थलमा सस्थापन पक्षका नेता तथा कार्यकर्ताले पौडेल पक्षका नेतामाथि आक्रमण गरेका हुन्।
आक्रमणबाट काग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका ५ जना घाइते भएका छन्। निर्वाचन अन्तरगत प्रदेश ३ (क) को मतगणना स्थलमा पार्टि सभापति शेरबहादुर देउवा तथा गृहमन्त्री बालकृष्ण खाण पक्षका नेताले कुटपिट गरेको बताईएको छ। मतगणना स्थल सिद्दार्थनगर नगरपालिका भैरहवामा मध्यराती मुखमा पट्टी बाधेर आएका केही युवाहरुले आक्रमण गर्दा एकजना उम्मेदवार सहित ५ जना घाईते भएका छन्।
गुण्डागर्दी शैलीमा आएका खांण पक्षका नेताले आक्रमण गरेको नेता पुरनप्रसाद श्रेष्ठले जानकारी दिए। उनले जेनेटर अफ गरेर पौडेल पक्षका नेतालाई आक्रमण गरेको बताए। आक्रमणमा परि रुपन्देही क्षेत्र नम्बर २ क का क्षेत्रीय सचिवका उम्मेदवार शैलेस पन्त शख्त घाईते भएका छन्। उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ।
मतगणनामा पौडेल पक्षले अग्रता लिँदै गरेको अवस्थामा जेनेरेटर बन्द गराउँदै एक हुल युवाहरु मतगणाना स्थलमा प्रवेश गरेर आक्रमण सुरु गरेको श्रेष्ठले बताए। आक्रमणबाट समान्य घाइते भएका ४ जनाको भैरहवामा उपचार भईरहेको तथा गम्भीर घाइते पन्तको बुटवलमा उपचार चलिरहेको छ।
आक्रमण भएपछि मतगणाना स्थगित भएको छ। मतगणनामा हार्ने निश्चित भएपछि गृहमन्त्री बालकृष्ण खाण समर्थकहरुले आक्रमण गरेको पौडेल पक्षका नेताको आरोप छ।
आक्रमण तरुणदल रुपन्देहीका अध्यक्ष सोम बहादुर गुरुङको नेतृत्वमा आक्रमण भएको पौडेल पक्षका प्रदेश क का सभापति समेत रहेका श्रेष्ठले जानकारी दिए।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij