
सोमवार , आश्विन १९, २०७७
बुटवल। प्रदेश ५ को नेकपा ससंदीय दलले बैठक आब्हान गरेको छ । प्रदेश सरकारले प्रदेश सभामा पेश गरेको प्रदेश ५ को स्थायी राजधानी र नामबारे छलफल गर्न भन्दै संसदीय दलको बैठक आब्हान गरेको हो ।
बिहान ७ बजेका लागि बैठक बोलाईएको भएपनि सांसदहरु आउने क्रम जारी रहेकाले केहि ढिलो गरी बैठक बस्ने नेकपाका मुख्य सचेतक भुमिश्वर ढकालले जानकारी दिए ।
ढकालका अनुसार सरकारले पेश गरेको प्रदेशको राजधानी र नामका बिषयमा सांसदहरुको धारणा लिनका लागि बैठक बोलाइएको हो ।
बैठकमा नाम र राजधानीका बिषयमा सरकारले पेश गरेको प्रस्तावका पक्षमा मतदान गर्न ह्वीप लगाउन सक्ने बुझिएको छ । पार्टीले ह्वीप लगाउने बिषयमा अहिले सम्म कुनैपनि निर्णय नआएकाले पार्टीले निर्णय नगर्दा सम्म संसदीयदलले निर्णय नगर्ने बताईएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij