images

सोमवार, बैशाख ३१ गते २०८१

कोरियामा स्वदेश फर्किने तयारीमा रहेका एक नेपालीद्धारा आत्महत्या

कोरियामा स्वदेश फर्किने तयारीमा रहेका एक नेपालीद्धारा आत्महत्या

images
images
images
आइतवार, आश्विन १८ २०७७
आइतवार, आश्विन १८ २०७७
  • कोरियामा स्वदेश फर्किने तयारीमा रहेका एक नेपालीद्धारा आत्महत्या

    सिओल । दक्षिण कोरियामा कार्यरत एक नेपालीले आईतवार विहान आत्महत्या गरेका छन् । स्याङजा जिल्ला मालुंगा घर भई कोरियाको छुङछङबोक्दोमा विगत १० वर्ष देखि सामसङमा कार्यरत यज्ञ वहादुर बस्यालले आफु काम गर्दै आएको स्थानमा आत्महत्या गरेको गैर आवासीय नेपाली संघ दक्षिण कोरियाका सचिव मनोज गौतमले जानकारी दिए ।

    images
    images
    images

    गौतमले आफु घटनास्थलमा पुगि सिसीटिभि क्यामेरा निरीक्षण गर्दा घटना आत्महत्या नै भएको पुष्टि भएको बताएका छन् । बस्याल कोरियामा १० वर्षे कार्यकाल पूरा गरेको र कोरोनाका कारण नेपाल जान रोकिएको बताईएको छ । उनी आगामी महिना नोभेम्बरमा घर जाने तयारीमा रहेको उनका सहकर्मीले बताएका छन् ।

    विहान कम्पनीको खाना खाने स्थान (सिकताङ)मा खाना खाएर निस्किएका बस्याल लगत्तै अफिसमा गई भित्रबाट ढोका लक गरी आत्महत्या गरेको सिसीटिभि फुटेजमा देख्न सकिने गौतमले बताए । विदाको दिन भएकाले घटनाको विषयमा दूतावासमा अनौपचारीक जानकारी गराईएको र परिवारलाई पनि जानकारी गराईसकिएको बताईएको छ ।

    शव व्यवस्थापनकालागि गैर आवासिय नेपाली संघको आग्रहमा आत्महत्या नै भएपनि कम्पनीले सबै खर्च बेहोर्नेगरी सहमती गरिएको गौतमले बताए ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij