images

बिहिवार, चैत्र १५ गते २०८०

होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीकोे वार्षिक कार्यशाला गोष्ठी सम्पन्न 

होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीकोे वार्षिक कार्यशाला गोष्ठी सम्पन्न 

images
images
images
आइतवार, कार्तिक २८ २०७८
आइतवार, कार्तिक २८ २०७८
  • होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीकोे वार्षिक कार्यशाला गोष्ठी सम्पन्न 

    परासी, २८ कात्तिक ।

    images
    images
    images

    होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीको नवलपरासीको अमलटारीमा दुई दिने वार्षिक कार्यशाला गोष्ठी शनिबार सम्पन्न भएको छ । संगठनले आगामी वर्षको लागि तयार गरेको ३३ बुंदे कार्ययोजना पारित गर्दै गोष्ठी सम्पन्न भएको संगठनका अध्यक्ष पिताम्बर न्यौपानेले जानकारी दिए ।

    बेलहिया नाकाबाट नेपाल प्रवेश गर्ने पर्यटकहरु भारतीय गाईडको मात्र भर पर्दा पर्यटकहरुको नेपाल बसाई कम हुनुका साथै बुद्ध जन्मस्थल लुम्बिनीसंगै तिलौराकोट, रामग्राम, देवदह, लगायतका स्थानहरुमा पर्यटकहरु नजाने भएकाले सीमा नाकामै नेपाली टुर गाईड राखी नेपालभित्रको बुद्ध सर्किटको बारेमा जानकारी दिनका लागी डेस्क स्थापना गर्ने गोष्ठीले पारित गरेको न्यौपानेले बताए ।
    सं

    गठनले होटल व्यवसायलाई मर्यादित बनाउनका लागि व्यवसाय संचालन आचारसंहिता लागू गर्ने, होटलको मेनु र कर्मचारीलाई परिचयपत्रको अनिवार्य गर्ने निर्णय गरेको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रर्बधन र पुर्नरउत्थानका लागी सरकारी तथा गैरसरकारी निकायसंग समन्वय गरी रात्रीकालीन व्यवसाय सञ्चालनका लागि समन्वय गर्ने निर्णय भएको संगठनले जनाएको छ ।

    त्यस्तै सानादेखि ठूला सबै प्रकारका होटल तथा रेष्टुरेण्ट व्यवसायलाई वर्गिकरण गरी सेवालाई प्रभावकारी बनाउनका लागि तारे होटलदेखि सामान्य होटलहरुलाई वर्गिकरण गरी  व्यवसायको स्तरउन्नति गर्नेदेखि व्यवसायीको समस्यालाई सम्बोधन गर्नेसम्मका प्रस्तावहरु पारित भएको संगठनका महासचिव राजेश महोत्राले बताए ।

    त्यसै गरी होटल तथा रेष्टुरेष्ट व्यवसायलाई मर्यादित र स्वच्छ सफा राख्नका लागी खाद्य शुद्धतासम्बन्धी प्रशिक्षणमूलक कार्यक्रम गर्ने, अव्यस्थित बेलहिया नाका, ट्राफिक व्यवस्थापन र ठेला व्यवसायको व्यवस्थापन गर्दै नगरको सुन्दरीकरण गर्नका लागी समिति गठन गरी कामलाई अगाडी बढाउने निर्णय गरेको संगठनले जनाएको छ ।

    होटल व्यवसायका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन र वैदेशिक रोजगारीमा जाने प्रक्रिया रोक्न स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न कुक तथा वेटर हाउसकिपिड. तालिम सञ्चालन गर्ने निर्णय भएको संगठनका अध्यक्ष पिताम्बर न्यौपानेले बताए ।

    होटलमा हुने चोरी, हिंसा, सञ्चालक र ग्राहकबीचको असमझदारीलाई समाधान गर्नका लागि तत्काल समस्यालाई समाधान गर्नका लागी समन्न्वय गर्ने, पर्यटकको बसाई लम्ब्याउनका लागी बुद्ध सर्किटको लागि टुर प्याकेजको कार्यत्र,म ल्याउने, पर्यटकीय स्थलहरुको पहिचान दिने गरी वेबसाईड बनाउने, उज्यालो भैरहवा निर्माणका लागि बेलहियादेखि अञ्चलपुरसम्म र बुद्ध चोकदेखि एयरर्पोटसम्म विद्युतीय पोलमा लाइटको व्यवस्थाका लागि पहल गर्ने संगठनले निर्णय गरेको छ । त्यसै गरी पोलिथिनमुक्त शहरको अवधारणा विकासका लागी होटलबाटै सुरु गर्ने, सामाजिक उत्तरदायित्वका कामहरुलाई प्रभावकारी कार्यान्वयन गर्ने निर्णय भएको संगठनका अध्यक्ष न्यौपानेले जानकारी दिए ।

    संगठनका अध्यक्ष पिताम्बर न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संगठनका निवर्तमान अध्यक्ष गणेश बेल्वासे, उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष तथा संगठनका संस्थापक अध्यक्ष अनिल कुमार ज्ञवाली, पर्यटन व्यवसायी तथा संगठनका सल्लाहकार कृष्ण अधिकारी (सागर), मदिरा व्यवसायी संघ सिद्धार्थनगरका अध्यक्ष केशवराज ज्ञवाली,  संगठनका सल्लाहकार प्रख्यात बन्जाडे, लुम्बिनी प्रेस क्लबका निवर्तमान अध्यक्ष दिपेश पछाई लगायतले रुपन्देहीमा पर्यटकको बसाई लम्ब्याउन सहयोग पुग्ने विषयहरुका बारेमा जानकारी दिएका थिए ।
    गोष्ठीमा आर्थिक प्रतिवेदन कोषाध्यक्ष नरेन्द्र खनालले प्रस्तुत गरेका थिए ।

    संगठनका वरिष्ठ उपाध्यक्ष राम प्रसाद पोख्रेललेको स्वागत तथा महासचिव राजेश महोत्राको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा संगठनका पदाधिकारी, सल्लाहकार, कार्यसमिति सदस्य लगायतको सहभागिता रहेको थियो । 




    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij