images

बिहिवार, बैशाख २० गते २०८१

लुम्बिनीमा कथिन उत्सव सम्पन्न, सार्कका महासचिव विराकुनद्वारा कथिन चिवर दान 

लुम्बिनीमा कथिन उत्सव सम्पन्न, सार्कका महासचिव विराकुनद्वारा कथिन चिवर दान 

images
images
images
सोमवार, कार्तिक १५ २०७८
सोमवार, कार्तिक १५ २०७८
  • लुम्बिनीमा कथिन उत्सव सम्पन्न, सार्कका महासचिव विराकुनद्वारा कथिन चिवर दान 

    लुम्बिनी १५ कात्तिक: दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्रका महासचिव इसाला रुवान विराकुनले आज लुम्बिनीमा कठिन चिवर दान गरेका छन्। 

    images
    images
    images

    बौद्ध परम्परा अनुसार भिक्षुहरु तीन महिना वर्षवासमा बसेर निस्किएपछि गरिने पवित्र ‘कथिन’ उत्सव अन्तर्गत आज लुम्बिनीमा आयोजना गरिएको विषेश धार्मिक समारोहकाबिच उनले भिक्षु संघलाई कठिन चिवर दान गरेका हुन्।  

    सार्कका महासचिव विराकुनको सहयोगमा लुम्बिनी स्थित राजकीय बुद्ध बिहारले संयोजन गरेको कथिन उत्सवमा नेपालका विभिन्न जिल्ला सहित विदेशी मुलुकका बौद्ध उपासक उपासिकाको सहभागिता रहेको थियो। 

    तीन महिना वर्षाबासमा बसेका भिक्षुका लागि गरिने कठिन दानका लागि लुम्बिनीम दुईदिने कथिन उत्सवको आयोजना गरिएको हो। लुम्बिनीको राजकिय बुद्ध विहारमा तीन महिना वर्षाबासमा बसेका भिक्षु सागर धम्म लगायत विभिन्न क्षेत्रका २४ जना भिक्षु, गुरुआमालाई बौद्ध परम्परा अनुसार कथिन चिबर दान र अष्टपरिष्कार दान गरिएको थियो।

    कथिन उत्सव समारोहमा बोल्दै सार्कका महासचिव विराकुनले बुद्ध भूमिमा आएर कठिन चिवर दान गर्न पाउँदा खुशी लागेको बताए। उनले लुम्बिनीको विकास र बुद्ध दर्शनको प्रचार प्रसारका लागि आफ्नो सदैव सहयोग रहने प्रतिवद्धता जनाए। 

    लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले नेपालमा बुद्ध धर्मको विकासमा श्रीलंका र म्यान्माको ठूलो योगदान रहेको बताउँदै यसलाई अझै प्रचार प्रसार गर्न आवश्यक रहेकोमा जोड दिए। राजकीय बुद्ध विहारका प्रमुख भिक्षु सागर धम्मले कथिन चिवर दानको महत्वबारे जानकारी गराउँदै दाताको सहयोगबाटै भिक्षुको जीवन चल्ने बताए।

    उत्सवमा दाता सार्कका महासचिव विराकुनलाई सम्मान गरिएको थियो। यस्तै बुद्ध धर्म र दर्शनको प्रचारमा योगदान पु¥याएको भन्दै लुम्बिनीको धर्मस्वामी महाराज बुद्ध बिहारलाई सम्मान गरिएको छ। यस्तै लुम्बिनीको शान्ती, सुरक्षामा उल्लेखनीय योगदान पु¥याएकोमा शसस्त्र प्रहरी नायब उपरिक्षक दर्शन गिरीलाई सम्मान गरिएको छ। विभिन्न क्षेत्रमा योगदान पु¥याउने शसस्त्र प्रहरी बेस क्याम्प लुम्बिनी, राधिका न्यौपाने , राधेश्याम गुप्तालाई पनि सम्मान गरिएको थियो।

    2-darsan giri samman.JPG

    कार्यक्रमअघि लुम्बिनीको थाई मन्दिरबाट बृहत् झाँकीसहितको शोभा यात्रा निकालिएको थियो। कथिन उत्सवअन्तर्गत बुधबार राजकीय बुद्ध विहारमा भिक्षुसङ्घबाट परीत्राण पाठ तथा बुद्ध पूजा सम्पन्न गरिएको बौद्ध महिला समितीका सचिव कल्पना हरिजनले जानकारी दिईन। 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij