२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

गृहमन्त्री खाँणलाई प्रमको कार्यभार

शुक्रवार , कार्तिक १२, २०७८

  • 3.1K
    Shares
  • 3.1K
    Shares
  • काठमाडौँ, १२ कात्तिक। राष्ट्रपति विद्यादेवी भण्डारीले गृहमन्त्री बालकृष्ण खाँणलाई कार्यभार प्रधानमन्त्रीको जिम्मेवारी तोकेकीे छन्।
    जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका अवसरमा हुन गइरहेको वल्र्ड लिडर्स सम्मेलनमा सहभागी हुन आज बेलायततर्फ प्रस्थान गरेकाले उनको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा सम्हाल्ने गरी खाँणलाई प्रधानमन्त्रीको जिम्मेवारी तोकेकी हुन्।  

    राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले आज जारी गरेको विज्ञप्तिमा सो जानकारी दिइएको छ। प्रधानमन्त्री देउवा यही कात्तिक १८ गते स्वदेश फर्किने कार्यक्रम छ । रासस