images

मंगलवार, बैशाख १८ गते २०८१

वार्षिक कार्ययोजना बनाउन संगठनको टोली बर्दियातर्फ

वार्षिक कार्ययोजना बनाउन संगठनको टोली बर्दियातर्फ

images
images
images
शुक्रवार, कार्तिक १२ २०७८
शुक्रवार, कार्तिक १२ २०७८
  • वार्षिक कार्ययोजना बनाउन संगठनको टोली बर्दियातर्फ

    भैरहवा, १२ कात्तिक ।
    उद्योग व्यापार संगठन, रुपन्देही (प्रस्तावित सिद्धार्थ चेम्बर अफ कमर्श)को टोली बर्दियातर्फ प्रस्थान गरेको छ । वार्षिक कार्ययोजना बनाउन शुक्रबार बिहान बर्दियातर्फ प्रस्थान गरिएको संगठनका अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए । 

    images

    कात्तिक १३ गते शनिबार बर्दियाको ठाकुरद्वारामा कार्ययोजना गोष्ठी बैठकबाट वार्षिक कार्ययोजना बनाउने ज्ञवालीले जानकारी दिए । ‘वार्षिक कार्ययोजना बनाउन संगठनको टोली जिल्लाबाहिर पुग्ने गरेको छ, यसले आन्तरिक पर्यटन प्रबद्र्धनमा समेत टेवा पुर्याउने विश्वास लिएका छौं, ’उनले भने ।

    संगठनका अध्यक्षसहित पदाधिकारी, कार्यसमिति सदस्य, सल्लाहकार, परामर्श समिति सदस्य लगायत गरी ४० जनाको सहभागिता रहेको छ । टोली कात्तिक १४ गते आइतबार भैरहवा फर्कने संगठनका उपाध्यक्ष रामचन्द्र रेग्मीले जानकारी दिए । 

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij