images

आइतवार, बैशाख २३ गते २०८१

एमाले अधिवेशन रुपन्देही : १४ पालिकामा सर्वसम्मतिबाट नेतृत्व चयन  

एमाले अधिवेशन रुपन्देही : १४ पालिकामा सर्वसम्मतिबाट नेतृत्व चयन  

images
images
images
बिहिवार, कार्तिक ११ २०७८
बिहिवार, कार्तिक ११ २०७८
  • एमाले अधिवेशन रुपन्देही : १४ पालिकामा सर्वसम्मतिबाट नेतृत्व चयन  

    बुटवल । नेकपा एमालेको १० औं महाधिवेशन अन्तरगत रुपन्देहीमा मंगलबारदेखि नै नगर अधिवेशन चलिरहेको छ। समाचार तयार पार्दासम्म १४ पालिकामा सर्वसम्मत नेतृत्व आएको नेकपा एमाले रुपन्देहीले जनाएको छ । जिल्लाका प्रभावशाली नेता एवं पूर्व मन्त्री विष्णु पौडेल आफै गृहजिल्लामा आएर सहमति प्रयास गरिरहे पनि २ पालिकामा सर्वसम्मत नेतृत्व भने आएन।

    images
    images
    images

    जिल्लाको तिलोत्तमा नगरपालिका, सिद्धार्थनगर नगरपालिका, देवदह नगरपालिका र सियारी गाउँपालिकामा बिबाद भएपनी तिलोत्तमा र देबदहमा टुंगो लागेको पार्टिले जनाएको छ ।  यस्तै सिद्धार्थनगरमा निर्वाचन भईसकेको छ भने सियारीमा निर्वाचनको तयारी रहेको नेकपा एमाले रुपन्देहीका अध्यक्ष शिवराज सुबेदिले जानकारी दिए।यता बुटवल उपमहानगरपालिकामा समेत अध्यक्ष र उपाध्यक्ष पदका लागि सर्वसहमतिमा चयन भए पनि सचिव तथा उपसचिवका २ वटा पदका लागि चुनाव हुने देखिएको छ ।

    बुटवलमा किशन ज्ञवाली सर्वसम्मत

    बुटवल उपमहानगरको अध्यक्ष र उपाध्यक्ष पदसहित १२ पालिकाहरुमा सर्वसहमतिमा नेतृत्व चयन भएको छ । तीनवटा नगरपालिका र एउटा गाउँपालिकाबाहेक सबैमा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको एमालेले जनाएको छ । अध्यक्षका लागि छ जनाले आकांक्षा देखाएको बुटवलमा किशन ज्ञवाली सर्वसम्मत रुपमा अध्यक्ष चयन भए । शोभाखर पोखरेल उपाध्यक्ष भए भने सचिव र उपसचिव भने कसलाई बनाउने विषयमा छलफल भइरहेको छ ।

    सिद्वार्थनगरमा चक्र बहादुर थापा बिजयी

    एमाले सिद्धार्थनगरको अध्यक्षमा भएको निर्वाचनमा चक्र बहादुर थापा विजयी भएका छन् । बिष्णु प्रसाद पौडेल नजिक मानिएका उनले घनश्याम भुषाल निकट मानिने थानेश्वर पौडेललाई १ सय ४ मत अन्तरले पराजित गरेका हुन् । जम्मा २ सय ३६ मतदाता रहेको सिद्धार्थनगर नगरपालिकामा २ सय २३ मत खसेको थियो । जसमध्ये थापाले १ सय ६१ मत प्राप्त गर्दा पौडेलले ५७ मत मात्र प्राप्त गरेका थिए।

    यस्तै उपाध्यक्षमा अर्जुन कुमार गिरी बिजयी भएका छन । उनले १ सय ८७ मत प्राप्त गर्दा उनका प्रतिद्वन्दी लक्ष्मी केसीले ३४ मत प्राप्त गरिन । सचिवमा उद्योग ब्यपार संगठनका निर्वतमान अध्यक्ष समेत रहेका नारायण प्रसाद भण्डारी र पूर्व कृषि मन्त्री घनश्याम भुषालका स्वकिय सचिव समेत रहेका मनोज कुमार रिजालको उम्मेदवारी परेको थियो । सचिवमा नारायण प्रसाद भण्डारीले मनोज कुमार रिजाललाई १ सय ५४ मतले पराजित गरे । नगर कमिटीको अन्य पदमा भने सर्वसम्मतिमै निर्विरोध गरिएको छ । समितिको उप–सचिवमा कुमार गुरुङ र माया कंडेल निर्वाचित भएका छन् ।

    तिलोत्तमामा तामनाथ पाण्डे

    लामो छलफलपछि नेकपा एमाले तिलोत्तमा नगर कमिटिको अध्यक्षमा तामानाथ पाण्डे चयन भएका छन् । उपाध्यक्षमा नेत्र वन, सचिवमा मिन प्रसाद पोखरेल तथा  उपसचिवमा गणेश उपाध्याय र संगीता गुरुङ चयन भएका छन।

    सैनामैना नगरमा चेतनारायण न्यौपाने सर्वसम्मत अध्यक्ष चुनिएका छन् । 

    देवदह नगर अध्यक्षमा टिकाराम चापागाईं सर्वसम्मत चयन भएका छन् । अध्यक्षमा ६ जनाको दावी रहेको भएपनि अन्त्यमा चापागाईंलाई सबैले समर्थन गरे सँगै देवदहमा पनि सर्वसम्मत नेतृत्व आएको हो।

    लुम्बिनी सांस्कृतिक नगरपालिकामा निसार अहमदको अध्यक्षतामा सबै नगरकमिटी सर्वसम्मत चयन भएको छ।

    त्यस्तै शुद्धोधन गाउँपालिमा बिष्णु गौतमको अध्यक्षतामा सबै कार्यसमिति सर्वसम्मत चयन भएको छ । 

    गैंडहवामा भुवन रानाको अध्यक्षता र कन्चन गाउँपालिकामा दीनानाथ आचार्यको अध्यक्षतामा नेतृत्व चयन भएको हो ।

    कोटहिमाई गाउँपालिकामा राजकुमार गौण, ओमसतियामा ईन्द्रकुमार गुरुङ र रोहिणी गाउँपालिकामा सुनिलकुमार कौशलको अध्यक्षतामा नेतृत्व चयन भएको एमालेले जनाएको छ । त्यस्तै मर्चवारिमा केशरनाथ गिरी, सम्मरिमाईमा ईनुक मुसलमान र मायादेवी गाउँपालिकामा साधुशरण साहनीको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन भएको छ ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij