२०८२, श्रावण ११ गते

Jul 27 2025 | २०८२, श्रावण ११ गते

एमाले सिद्धार्थनगरको अध्यक्षमा चक्र बहादुर थापा निर्वाचित

बुधवार , कार्तिक १०, २०७८

भैरहवा, १० कात्तिक ।

नेकपा (एमाले) सिद्धार्थनगर नगर कमिटीको बुधबार सम्पन्न प्रथम अधिवेशन अन्तर्गत भएको निर्वाचनमा चक्र बहादुर थापा विजयी भएका छन् । अध्यक्षमा चक्र बहादुर थापाले १ सय ६१ मत पाएर विजयी भएका छन् भने अध्यक्षका अर्का उम्मेदवार थानेश्वर पौडेलले ५७ मत पाएर पराजित भए ।

उपाध्यक्षमा अर्जुन गिरीले १ सय ८७ मत पाएर बिजयी भएका छन् भने उपाध्यक्षका अर्का उम्मेदवारी लक्ष्मी के.सी. ले ३४ मत पाएर पराजित भइन ।

त्यसै गरी सचिवमा नारायण प्रसाद भण्डारीले १ सय ८८ मत पाएर विजयी भएका छन् भने उनका सचिवका अर्का उम्मेदवार मनोज कुमार रिजालले ३४ मत पाएर पराजित भएका छन् । 

त्यस्तै उपसचिवमा कुमार कुमार गुरुङ र माया कंडेल सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिका संयोजक शिवहरि अधिकारीले जानकारी दिए । एमाले सिद्धार्थनगरमा नगर कमिटी सदस्यहरु सर्वसम्मत रुपमा निर्वाचित भएको अधिकारीले बताए । एमाले सिद्धार्थनगर कमिटीको अध्यक्ष, उपाध्यक्ष र सचिवमा सहमति हुन नसकेपछि चुनाव भएको थियो ।