२०८२, मंसिर १० गते

Nov 26 2025 | २०८२, मंसिर १० गते

राति ८ बजेसम्म सीडीओ कार्यालयबाट नागरिकता वितरण 

सोमवार , कार्तिक ८, २०७८

  • 2.5K
    Shares
  • 2.5K
    Shares
  • अर्घाखाँची, ८ कात्तिक। आइतबार राति करिब ८ बजेको समय । सामान्यतया यो समय खाना खाने र सुत्ने समय हो । तर, जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा भने भिडभाड थियो । कार्यालयभित्र कर्मचारीहरू नियमित काममा निरन्तर जुटिरहेका थिए भने बाहिर सेवाग्राहीहरूको भिडभाड थियो ।

    आइतबार जिल्ला प्रशासनले रेकर्ड तोड्दै अत्याधिक नागरिकता वितरण गरेको छ । हालसम्मको आफ्नो रेकर्ड तोड्दै जिल्ला प्रशासन कार्यालयले अत्याधिक संख्यामा नागरिकता वितरण गरेको छ ।

    ‘कार्यालयबाट इतिहासमै सबैभन्दा नागरिकता वितरण गरियो’, सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले न्युज कारखानासँग भने, ‘आज ९आइतबार० एकैदिन १९९ जनाले नेपाली नागरिकताको प्रमाणपत्र लिनुभएको छ ।’

    दसैंतिहारको बिदामा घरमा आएका विद्यार्थीहरूले नागरिकता बनाउने भएका कारण यस समय प्रायःजसो व्यस्त नै हुने भए पनि यस पटक भने रेकर्ड नै कायम भएको खनालले बताए  ।

    ‘हालसम्म एकैदिनमा करिब १५० जनाले नागरिकता लिएको देखियो’, खनालले भने, ‘कार्यालयको रेकर्डमा रहेसम्म यो हालसम्मकै उच्च संख्या हो ।’