आइतवार , कार्तिक ७, २०७८
भैरहवा, ७ कात्तिक ।
विभिन्न कार्यक्रमको व्यवस्थापन गर्न भैरहवामा मिश्र प्याराडाईज इभेन्ट्स प्रा.लि. सञ्चालनमा आएको छ । विवाह, जन्मदिन, रिसेप्सन पार्टी, मञ्च सजावट, सेमिनार प्लानिंग, भेन्यू बुकिङ, गिफ्ट सेमिनार लगायतका कार्यक्रमको व्यवस्थापन गर्न २०७८ साउन १२ गतेदेखि सञ्चालनमा ल्याइएको मिश्र प्याराडाईज इभेन्ट्स प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत अनुप मिश्रले बताए । उनले बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्धार सिद्धार्थनगर, भैरहवाको आवश्यकतालाई मध्यनजर गर्दै प्रा.लि. सञ्चालनमा ल्याइएको बताए ।
‘अहिले मानिसको व्यस्तता बढ्दै गएको छ, व्यस्त जीवनमा पनि धेरै कार्यक्रमहरु आयोजना गर्नुपर्ने हुन्छ, ती कार्यक्रमको व्यवस्थापन गर्ने जिम्मेवारी हामीले लिने जिम्मेवारीका साथ आएका छौं, ’मिश्रले भने । सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ रानीगाउँमा कार्यालय रहेको प्रा.लि.ले सुपथ मूल्यमा सेवा प्रदान गरिरहेको उनले जानकारी दिए ।
‘मानौ कसैको जन्मदिन परेको छ र उहाँसहित परिवारको व्यस्तताका कारण व्यवस्थापनको समय अभाव छ भने हामी सम्पूर्ण व्यवस्थापकीय कार्य सम्पन्न गरेर जन्मदिन मनाउनका लागि सहज बनाइदिन्छौं, ’उनले भने ।
बिवाहका लागि कार्ड बनाइदिने, सौन्दर्य, बडी बिल्डिङ सो, एजुकेशनल सेमिनार लगायतका कार्य पनि प्रा.लि.ले गर्दै आएको उनले बताए । प्रा.लि. सञ्चालन भएपछि यहाँ १० जनाले रोजगारी पाएको मिश्रले जानकारी दिए । कार्यक्रम व्यवस्थापनका लागि एकपटक सेवाको मौका दिन उनको आग्रह छ । सो को लागि मोबाइल नम्बर ९८००७१०३४२ र ९७४९३८८१५७ मा सम्पर्क गर्न सकिने उनले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij