२०८२, मंसिर १० गते

Nov 26 2025 | २०८२, मंसिर १० गते

उज्यालो लुुम्बिनी प्रदेशको एजेण्डासहित मन्त्रालयमा आएको छु : मन्त्री राना

शुक्रवार , कार्तिक ५, २०७८

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • बुटवल, ५ कात्तिक ।
    लुम्बिनी प्रदेश सरकारका उर्जा, जलस्रोत तथा सिचाई मन्त्री विरबहादुर रानाले उज्यालो लुुम्बिनी प्रदेश निर्माणको एकसूत्रीय एजेण्डासहित मन्त्रालयमा आएको बताएका छन् । उनले कुनै सानो क्षेत्रबाट सुरुवात गरेर लुम्बिनी प्रदेशलाई उज्यालो प्रदेशका रुपमा स्थापित गर्ने अभियानका साथ काम गर्ने बताए ।

    रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले शुुक्रबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री रानाले जनताका आकांक्षा धेरै रहेकोले परिस्थितिजन्य परिणामका रुपमा निर्माण भएको यो सरकारलाई आलटाल गर्ने छुट नरहेको उनको भनाइ छ । राजनीतिक दल तथा जनप्रतिनिधिहरुलाई खबरदारी आवश्यक रहेको बताउँदै मन्त्री रानाले जनतालाई राजनीतितर्फ आकर्षण बढ्ने गतिविधि गर्नुपर्ने बेला आएको बताए । परिस्थितिजन्य रुपमा प्रदेश सरकार गठन भएको स्मरण गर्दै मन्त्री रानाले जनताको आवश्यकता र आकांक्षामा आधारित भएर काम गर्ने प्रतिवद्धता समेत जनाए । ‘जनताका अपेक्षा अत्यन्त ठूला रहेका छन् । जनतालाई केन्द्रमा राखेका काम गर्ने गरी आएका छौँ । ’ उनले भने ।

    मन्त्री रानाले वर्षाजन्य प्रकोपका कारण पीडित किसानहरुलाई प्रत्यक्ष राहतका लागि प्रदेश सरकारले काम सुरु गरिसकेको बताए । उनले बाढीबाट क्षति व्यहोरेका किसानहरुका लागि प्रदेश सरकारले तत्काल राहत दिने समेत बताए ।  

    साक्षात्कार कार्यक्रममा बोल्दै नेकपा (एकीकृत समाजवादी) का केन्द्रिय सदस्य तथा रुपन्देही जिल्ला इञ्चार्ज डा. बालकृष्ण चापागाईले लामो संघर्षबाट प्राप्त भएको संविधानलाई नै धरापमा पर्ने कोशिष विफल गराउन अग्रगामी शक्तिहरु सफल भएको बताए । उनले अब देश पक्षगामीहरुलाई लत्ताएर अगाडी बढ्ने विश्वास समेत व्यक्त गरे ।

    नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले मिडियालाई नियन्त्रण गर्ने गरी विगत सरकारले ल्याएको कानूनलाई वर्तमान सरकारले निरन्तरता दिन खोज्नु बिडम्बना भएको बताए । उनले संविधानले दिएको पूर्ण प्रेस स्वतन्त्रताको अधिकारको मर्मविपरीत आइरहेका कानूनहरु पारित हुने अवस्था आएमा त्यो मान्य नहुने भन्दै यस प्रकारका विधेयक फिर्ता दिन आग्रह गरे । उनले प्रदेश सरकारहरुले समेत संघले अवलम्वन गर्न खोजेको नियन्त्रणमुखी कानूनलाई अनुसरण गर्न खोजेकोले पत्रकार महासंघ प्रदेश तथा जिल्ला शाखाहरु सजग रहनुपर्नेमा जोड दिए ।

    नेपाल अमेरिका पत्रकार महासंघ (नेजा) का महासविच सुरज भण्डारीले पत्रकारिताले सरोकारवाला निकायको निरन्तर निगरानी गर्ने कार्यमा चुक्न नहुनेमा जोड दिए । उनले पत्रकारितालाई थप व्यवसायिक बनाउन आवश्यक रहेको बताए ।  

    सोही अवसरमा नेपाल अमेरिका पत्रकार महासंघ (नेजा) को महासचिवमा निर्वाचित सुरज भण्डारीलाई बधाईसहित सम्मान गरिएको थियो । नवनिर्वाचित महासचिव भण्डारीलाई प्रमाणपत्र तथा खादाले सम्मान गरिएको हो ।

    received_198884665605279 (1).jpeg

    साक्षात्कार कार्यक्रम क्लबका प्रदेश अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता तथा तेजेन्द्र केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।