२०८२, मंसिर १० गते

Nov 26 2025 | २०८२, मंसिर १० गते

जब प्रहरीले नै चोरलाई लुटे।।।

शुक्रवार , कार्तिक ५, २०७८

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • उत्तर प्रदेश, ५ कात्तिक। सामान्यतया प्रहरीले जनधनको सुरक्षा गर्छ र समाजका अपराधिक गतिविधि रोक्छ । चोरी गरेको बस्तु फेला पारेमा प्रहरीले सम्बन्धित व्यक्तिलाई बुझाइदिन्छन् । तर, उत्तर प्रदेशमा भने एउटा अनौठो घटना भएको छ । प्रहरीले नै चोरलाई नै लुटेका छन् ।

    दुई जना चोरले चोरेको पैसा आफूले लिएर प्रहरीले उनीहरूलाई जिल्लाको सीमा कटाइदिएका छन् । रसलपुर प्रहरी स्टेसन क्षेत्रबाट एउटा रिक्साका यात्रुबाट दुई ओटा चोरले एक लाख १० हजार भारु चोरेका थिए । सीसी क्यामरामा कैद भएको दृश्यको आधारमा चोर पक्राउ परेका थिए ।

    फिरोजावादका एसएसपी अशोककुमारका अनुसार पक्राउ परेका चोरहरुसँग पैसाबारे सोध्दा उनीहरुले प्रहरीलाई नै दिएको बताएका थिए । अनुसन्धानका क्रममा चार जना प्रहरीले चोरबाट ९६ हजार लिएर उनीहरुलाई सीमा कटाइदिएको खुलासा भएको थियो ।

    घटनाका दोषीमाथि थप अनुसन्धान गरिएको एसएसपी अशोककुमारले जानाकारी दिए । एजेन्सी