
शुक्रवार , कार्तिक ५, २०७८
भैरहवा। थारु परिकार र थारु संस्कृतिलाई संरक्षण गर्ने उद्धेश्यले रुपन्देहीको तिलोत्तममा डेल्वा रिर्सोट सञ्चालनमा आएको छ। आफ्नै ५ जना दाजुभाई तथा पारिवारिक सदस्य मिलेर तिलोत्तमा १६ सखुवानी स्थित थारु गाउँमा डेल्वा रिर्सोट एण्ड पार्टी प्यालेस सञ्चालनमा आएको हो।
थारु समुदायमा लोकप्रिय परिकारका पारखीका लागि एउटा गतिलो गन्तव्य स्थल बनाउने योजना सहित रिर्सोट सञ्चालनमा ल्याईएको सञ्चालक रामशंकर चौधरीले बनाए। भैरहवा बुटवल सडकखण्डको तिलोत्तमा नगरपालिकास्थित सखुवानीबाट सय मिटर पश्चिममा रहेको उक्त रिर्सोट थारु गाउँभित्र रहेको छ। ३२ कठ्ठा क्षेत्रफलमा रहेको उक्त रिर्सोट भित्र पार्टी प्यालेशको सुबिधा समेत रहेको छ। ६ सय जना अट्ने हलको सुबिधा रहेको उक्त रिर्सोटमा निकट भविष्यमै स्वुमिङ पुल तथा स्पाको सुबिधा प्रदान गर्ने गरी काम अगाडि बढेको सञ्चालक चौधरीले जानकारी दिए।
रिर्सोट भित्र ३५ वटा रुम सहितको लज पनि निर्माण गरिदै छ। त्यसमध्ये अर्पाटमेण्ट टाईपको लक्जेरियस रुम समेत रहने छन्। जसमा किचन, बैठक रुम लगाएतको सुबिधा रहने छ। १६ वटा सिंगल रुम, १० वटा स्वीट रुम सहितको लजको सुबिधा पनि ६ महिना भित्र शुरु गर्ने बताए।
के के पाईन्छ रिर्सोटमा
डेल्वा रिर्सोटमा तराईका २२ जिल्लामा पाईने थारु समुदायका सम्पुर्ण परिकार पाईन्छ। स्थानिय थारु महिलाले आफ्नै घरमा बनाउने जस्तै गरी थारु परिकार बनाउने गरिएको रिर्सोटका सञ्चालक चौधरीले जानकारी दिए। उनका अनुसार थारु परिकार घोगी, लोकल माछा, भोटि माछा, मोल्गी माछा, झिङगा माछा, अनदी चामलको भुजा, ढीकरी, चेची लगाएतका परिकार पाईन्छ। व्रेक फास्टमा खाने मक्का, रिकोच लगाएतका परिकार पनि खान पाईन्छ।
डेल्वामा थारु परिकारका साथै चाईनिज, ईण्डीयन, कण्टिनेण्टल खानाको पनि राम्रो प्रबन्ध रहेको रिर्सोटले जनाएको छ। रिर्सोटमा पाईने थारु परिकारका साथै कोदोको मोमोलाई निकै रुचाईएको छ। जाडोको मौसममा कोदोको मोमो निकै खपत हुने गरेको सञ्चालक चौधरीले दावि गरे।
बुटवल भैरहवाको वीचमा निकै शान्त र मनोरम स्थानमा रहेका कारण उक्त रिर्सोटमा आउने पर्यटक तथा स्थानिय निकै रमाउने गरेका छन्। डेल्वाको परिकारको एक पटक स्वाद लिएका जो कोहि पनि अर्को पटक निर्धक्क रुपमा आउने गरेका छन् सञ्चालक चौधरीले भने, "हाम्रो परिकार, आथित्यता र शान्त र मनोरम ठाँउका कारण यस क्षेत्रका प्रतिष्ठीत उद्योगी, व्यवसायी तथा व्यक्तिहरु आउने गर्नुभएको छ।"
यसलाई पुर्ण हस्पिटालिटी सहितको रिर्सोट बनाउने गरी हामी अगाडि बढेका छौ, रिर्सोटका अध्यक्ष दीपक कुमार चौधरीले भने सबै खाले परिकार र शान्त मनले बस्न चाहनेका लागि गतिलो गन्तव्य बनाउदै छौं। निकै शान्त र मनोरम स्थानमा रहेको डेल्वा रिर्सोटमा पछिल्लो समय आन्तरिक पर्यटकको चाप बढ्दै गएको छ।
उनले थारु सस्कृतिलाई समेत बिशेष ध्यान दिने गरी कार्य अगाडि बढाएको बताए। डेल्वा आएपछि आम पर्यटकले समेत थारु सस्कृतिबारे जान्न र बुझ्न पाउने उनको भनाई छ। रिर्सोट ३२ कठ्ठामा फैलिएको छ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij